के हो सच्चिने कि सकिने सवाल ? नेताहरु नै किन दिदैछन् सामाजिक सञ्जालका प्रश्नको जवाफ !

काठमाडौं । बैशाख १० गतेको उपचुनावको नतिजा सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा एउटा बिषय जबरजस्त उठिरहेको छ । त्यो हो पुराना दल सच्चिने कि सकिने । राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन र तनहुँमा भारी मतले जितेपछि ठूला र पूराना दललाई धेरैले प्रश्न उठाउँदा नेताहरु नै भनिरहेका छन् अव सच्चिनुपर्छ । नेतृत्व सच्चिनुपर्ने हो वा नेता र कार्यकर्ता ? अथवा पार्टीको नीति र सिद्धान्त नै सच्याउनुपर्ने हो यो बारे स्वयम् नेता नै अनविज्ञ छन् ।
चितवनमा रवि लामिछाने र तनहुँमा स्वर्णिम वाग्लेले अत्याधिक बहुमत ल्याएर प्रतिनिधिसभाको उपचुनाव जिते । राष्ट्रिय स्वतन्त्र पार्टी एक्लै चुनावमा भिड्दा ठूला र पुराना भनिएका दल भने गठबन्धनको साहरा लिएर मैदानमा उत्रिए । गठबन्धनको बलमा दुई निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाएको कांग्रेस र तीनै क्षेत्रमा एक्लै भिडेको नेकपा एमालेका उम्मेदवारले लज्जास्पद हार ब्यहोरे । यहि परिणामलाई लिएर यतिबेला नयाँ बहस पैदा भएको छ ।
सामाजिक सञ्जालमा जवरजस्त उपनिर्वाचनको मत परिणामलाई लिएर पूराना दलमाथि प्रहार भइरहेको छ । सामाजिक सञ्जालमा भइरहेको तीब्र आलोचनाले कांग्रेस र एमालेका नेताहरु अव सच्चिएर अघि बढ्नुपर्ने प्रतिक्रिया दिइरहेका छन् । कांग्रेस वरिष्ठ नेता डाक्टर शेखर कोइरालाले समेत विराटनगरमा पुगेर कांग्रेस सच्चिन जरुरी रहेको विचार राखे । महामन्त्री विश्वप्रकाश शर्माले पनि रुपान्तरित हुन सन्देश दिएको भन्दै अव नयाँ ढंगले जुट्नुपर्ने बताए ।
अव प्रश्न उठ्न उपनिर्वाचनको यहि मत परिणामले कांग्रेस साच्चिकै आत्तिएको हो त ? यो निर्वाचनबाट संसदीय अंकगणितमा केही फरक पर्ने पनि देखिदैन । तर, सच्चिने, सुध्रिने र रुपान्तरण हुने गरी कांग्रेस उपनिर्वाचनबाटै किन डरायो भन्ने सवाल पनि उठेको छ । सभापति शेरबहादुर देउवाले पनि सामाजिक सञ्जालका कारण पार्टीले हार्नुपरेको प्रतिक्रिया दिनुले नेताहरुमा यो मत परिणामले झस्काइदिएको छ ।
नेताहरुले सच्चिनुपर्ने कुरा उठाइरहदा अव सवाल उठ्छ सभापति देउवाको कार्यशैली, उपसभापतिहरु, महामन्त्री, नेता तथा कार्यकर्ता को कसरी सच्चिने त ? कि पार्टीकै कार्यदिशा र सिद्धान्त नै फेर्नुपर्ने ? एमालेभित्र पनि त्यस्तै सवाल उठिरहेको छ । उपमहासचिव विष्णु रिमालले उपनिर्वाचनको अङ्कगणितीय मात्रै नभएर मनोवैज्ञानिक सन्देश पनि भएको बताएका छन् । यी उठिरहेका सवालले सच्चिनुपर्ने को हो त अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष, महासचिव वा नेता कि कार्यकर्ता ? हरेक पटकको आन्दोलन होस् या खस्किदो पार्टीको साख । नेताहरुले भन्ने एउटै कुरा हो अव रुपान्तरण र सच्चिएर पार्टीलाई अघि बढाउऔं । तर, आफैले गरेको बाचा केही दिनमै भुल्ने राजनीतिक परिपाटीका कारण हरेक पार्टीमा समस्या छ ।
सत्ताको नेतृत्व गरेको संसदको तेस्रो दल नेकपा माओवादी समेत मत परिणामका कारण तर्सिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै भनिरहेका छन् हरेक कुरामा नकारात्मकताको मात्र प्रचार–प्रसार गर्ने संयन्त्र हावी भयो । रास्वपा बाहेक उपनिर्वाचनमा भाग लिएका सबै दल मत परिणामलाई लिएर सन्तुष्ट छैनन् । त्यसैले त पार्टीभित्र उठिरहेको रुपान्तरण र सच्चिने कुरा । तर, रुपान्तरण के हो ? र सच्चिने को हो ? यसको उत्तर नै नखोजी यो बिषय त्यत्तिकै सेलाउने निश्चित छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #के हो पूराना पार्टी, #नेताहरु नै किन, #सच्चिने कि सकिने सवाल, #सामाजिक सञ्जाल
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्