कोइरी प्रकरणले संसदमा हंगामा,रविले दिए भारतमा लुकेको प्रमाण

काठमाडौं । नेकपा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी विरामी भएको सूचना सभामुखले सार्वजनिक गरेपछि प्रतिनिधिसभामा सांसदहरुबिच चर्काचर्की भएको छ । बैठकमा सभामुख देवराज घिमिरेले सांसद कोइरी स्वास्थ्योपचारमा रहेका कारण संसद बैठकमा अनुपस्थित रहेको जानकारी गराएपछि सांसदहरुले आपत्ति जनाएका हुन् । प्रतिनिधिसभाको शुक्रबार बैठकमा सांसदहरुका बिच रोचक चर्काचर्की परेको छ ।
सभामुख देवराज घिमिरेले एमाले सांसद लक्ष्मी महतो कोइरी मिति २०७९ माघ २५ गतेदेखि २०८० बैशाख १५ गतेसम्म सम्मका २१ वटा बैठकमा स्वास्थ्योपचारमा रहेका कारण अनुपस्थित रहेका सूचना पढेपछि संसदमा हंगामा भएको हो । सभामुखको सूचनाको विरोध गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले फौजदारी अभियोग लागेको र प्रहरीको फरार सूचीमा रहेका कोइरीलाई सभामुखले बिरामी भन्नु जग हसाइको विषय भएको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले कोइरी बिरामी नभइ फरार अभियुक्त भएको बताए । पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले कोइरीलाई भारतमा प्रहरीले समातेको प्रमाण नै आफूसँग रहेको भन्दै उनलाई बिरामी भन्न नहुने बताए । जवाफमा एमाले सांसद रघुजी पन्तले कोइरीलाई लुकाउने पक्षमा एमाले नरहेको बताए । रवि लामिछानेलाई संकेत गर्दै उनले आफै गृहमन्त्री भएका बेला कोइरीलाई पक्राउ गर्न नसकेको भन्दै संसदमा सत्तारुढ दलले अवरोध गरेर जात्रा देखाएको आरोप समेत लगाए ।
बैठकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हीतराज पाण्डेले सांसद कोइरीलाई बिरामी भन्न नहुने र फरार अभियुक्तकै रुपमा लिनुपर्ने माग गरे । उनले सभामुखले रुलिङ गर्न माग गरेका थिए । सांदहरुले उठाएको प्रश्नमा सभामुख देवराज घिमिरेले सांसद कोइरी फरार भएको कुनै आधार दाबी गरेका छन् । संसद सचिवालयमा कोइरीले आफु विरामी भएको भन्ने पत्राचार गरेको भन्दै सभामुख घिमिरेले संसद नियमावलीअनुसार कारबाही प्रक्रिया अघि बढ्ने भएकाले सांसदहरुलाई विरोध नगर्न आग्रह समेत गरे ।
संसदमा एमाले सांसद कोइरीको खोजी भइरहेका बेला सभामुखले भने बैठक अघि बढाउने प्रयास समेत गरेका थिए । मधेश आन्दोलनका क्रममा प्रहरी शसष्त्र प्रहरी सहायक निरीक्षक थमन बिकको हत्या अभियोग लागेका कोइरी फरार अभियुक्त हुन् । फरार रहेकै अवस्थामा महोत्तरी–१ बाट गत मंसिरको चुनावमा प्रतिनिधिसभा सदस्यको चुनाव जितेका थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #प्रतिनिधिसभा, #लक्ष्मी महतो कोइरी, #सभामुख
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्