Techie IT
  • २६ चैत्र २०८१, मंगलबार
KhojPatrika

राष्ट्रपति रामचन्द्र पौडेलको सकरात्मक कदम, उपचार खर्च आफै ब्यर्होछु !


काठमाडौं । विरामी भएर भारतमा उपचार गर्न गएका राष्ट्रपति रामचन्द्र पौडेलले आफनो उपचार खर्च आफै वेहोर्ने भएका छन । राष्ट्रपति भारतमा हप्ता दिनसम्म उपचार गर्न जादा यसरी जान हुन्थ्यो कि हुदैनथ्यो भन्ने देखि उपचार खर्च पनि आफै तिर्नुपर्छ भनेर भाषणवाजी हुन थालेपछि मंगलवार राष्ट्रपति कार्यालयले वक्तब्य जारी गरेर उपचार खर्च बेहोर्ने जनाएको हो । उपचारको क्रममा राष्ट्रपति र उनको परिवारले दैनिक भत्ता समेत पाउने भन्दै विभिन्नि सञ्चार माध्याम र सामाजिक सञ्जालमा यसवारेमा अनेक टिप्पणी समेत भएका थिए ।

नेपाली कांग्रेसको राजनीति गर्दा सादगीपुर्ण जिवन विताएको र समाजवादी नेता भनेर चिनिएका रामचन्द्र पौडेल राष्ट्रपति भइसकेपछि भने खर्चालु भएको आरोप लागिरहेको थियो । भारतमा उपचार गर्न जादा स्वयम राष्ट्रपति,उनको पत्नी र पुत्र पनि गएका थिए तर नेपालमा भने उपचार गर्न जादा राष्ट्रपति देखि उनका परिवाजनले समेत भत्ता पाउने भन्दै नेपालमा चर्चा चल्यो । र,यसलाइ राष्ट्रपति कार्यालयले सवैले भत्ता नपाउने भन्दै यसको खण्डन गरयो तर राष्ट्रपति भारतबाट नेपाल फर्केकै भोलिपल्ट कांग्रेस महामन्त्री गगनकुमार थापाले कडा अभिब्यक्ति दिए । उनले सार्वजनिक समारोहमा नै राष्ट्रपतिको उपचार खर्च उनी स्वयमले तिर्नुपर्ने वताएका थिए ।

विकसित पश्चिमा राष्ट्रमा थापाले भने जस्तै विशिष्ट पदाधिकारीले निजि भ्रमण र खर्च स्वयम वेहोर्ने चलन छ । एकपटक राष्ट्रपति भएको बेलामा विल क्लिन्टनले औपचारिक विदेश भ्रमणमा छोरीलाइ लैजान खोज्दा सिनेटले इन्कार गरेको थियो । तर नेपालमा भने यस्तो चलन कम मात्र पाइन्छ । ग्यास लिक भएर गम्भीर विरामी भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी होस वा एमालेका अध्यक्ष केपी ओली नै किन नहोस,राज्यले खर्च वेहोर्दै आएको छ ।

झलनाथ खनाल,सुशील कोइराला,डा.रामवरण यादवहरुको खर्च राज्यले बेहोर्दै आएको छ । यहि प्रवृत्ति प्रति दिक्क भएका पुर्व अर्थमन्त्री डा.प्रकाशचन्द्र लोहनीले नेपालका नेताहरु खोकी लागेपनि विदेश जाने गरेको भनेर आलोचना गरेका थिए । हुनत भारतमा उपचार गर्न जादा राष्ट्रपतिको परिवारजनले प्रधानमन्त्रीले कर गरेपछि विदेशमा गएको वताउदै आएका थिए । स्वयम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि मैले नै उपचार गर्न पठाएको भनेका छन तर नेपालमा भने यसको विपक्षमा माहौल वनेपछि राष्ट्रपतिले आफनो उपचारको खर्च आफै बेहोर्ने जनाएका हुन ।

नेपालमै रहेको वीर अस्पतालको भिआइपी कक्ष माकुराको जालो लागेर वसेको छ । र,धेरै गम्भीर प्रकृतिका वाहेकका रोगको उपचार नेपालमा नै सम्भव पनि छ । तर,नेताहरुमा सानो समस्यामा पनि विदेशमा उपचार गर्न जाने र यस्तो खर्चलाइ राज्यलाइ तिराउने चलन छ । आर्थिक संकटले जर्जर भएको नेपालमा नेताहरु फजुल खर्च गर्ने खालका भए र जनता भने महंगीको मारमा परे भनेर यस्ता क्रियाकलापको चौतर्फी आलोचना भइरहेको छ ।


क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #उपचार खर्च आफै वेहोर्ने, #राष्ट्रपति रामचन्द्र पौडेल

तपाईको कमेन्ट लेख्नुहोस्