Techie IT
  • २५ चैत्र २०८१, सोमबार
KhojPatrika

कांग्रेसका थप तीन मन्त्रीले गरे शपथसँगै पदभार ग्रहण, मन्त्री छनोटको बिषयले कांग्रेसमा किचलो !


काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट नबनियुक्त ३ मन्त्रीले सपथ लिएसंंगै पदभार ग्रहण गरेका छन । राष्ट्रपति रामचन्द्र पौडेलले सितल निवासमा सपथ खुवाएसँगै कांग्रेसका तर्फबाट उपसभापति धनराज गुरुङले कानुन न्याय तथा संसदिय मामिला, मोहन बस्नेतले स्वास्थ्य तथा जनसंख्या र डिग बहादुर लिम्बुले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेका छन ।

पदभार ग्रहण गरेसँगै नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गुरुङले आर्थिक पारदर्शितालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । आफ्नो पहिलो प्राथमिकता न्यायका लागी ढिलो हुन नदिने रहेको बताउदै गुरुङले न्यायलाई चुस्त र दुरुस्त बनाएर अघि बढ्ने बताए । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले भने स्वास्थ्य उपचार विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका छन् ।

पदभार ग्रहणपछि मन्त्री बस्नेतले नियमित सेवाका अलावा कोरोना, डेंगु लगायतका सरुवा रोग फैलिन नदिन प्रदेश र स्थानीय तहका साथै दातृ निकायको समन्वयमा स्वास्थ्य उपचार विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका हुन् । साथै उनले स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने र अस्पतालहरुमा उपचार सेवा र उपलब्ध साधन स्रोतको अधिकतम उपयोग भए नभएको अनुगमन गर्न अतिरिक्त स्वास्थ्य सचिवको नेतृत्वमा अनुगमन समिति बनाउने निर्णय पनि गरेका छन् ।

नवनियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलाडी र पदाधिकारीहरुले खेल क्षेत्रमा महशुस गरेका अभावलाई समाधान गर्नेगरी काम गर्ने बताए । उनले खेल र खेल क्षेत्रको भौतिक तथा पूर्वाधार विकास गर्नेकुरामा आफ्नो प्राथमिकता रहने दाबी गरे । उनले १८ घण्टाको समय दिएर काम गर्ने अठोट लिएका छन ।

कांग्रेसबाट तिन जना मन्त्रीले सपथ लिदै पदभार गरेसँगै प्रधानमन्त्री पुष्प कमल दाहालले नवौ पटक मन्त्रीपरीषद बिस्तार गरेका हुन । तर उनको .मन्त्री मण्डलले अझै पुर्णता पाएको छैन । दुई मन्त्रालयको जिम्मेवारी अझै प्रधानमन्त्री दाहालको काधमा छ । जनता समाजवादी पार्टीले पाउनु पर्ने एक र जनमत पार्टीले छोडेको १ गरी प्रधामन्त्री दाहाले दुई मन्त्रालयको जिम्मेवारी अझै आफैसँगै राखेका हुन । काग्रेसले भने आफुले पाएका सबै मन्त्रालयमा मन्त्री पठाईसकेको छ ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #३ मन्त्रीले सपथ, #धनराज गुरुङ, #राष्ट्रपति रामचन्द्र पौडेल

तपाईको कमेन्ट लेख्नुहोस्