Techie IT
  • ५ वैशाख २०८२, शुक्रबार
KhojPatrika

नारायणकाजीलाई प्रचण्ड, देउवा र ओलीको साथ, दोषी कसैलाई नछोड्नु !


काठमाडौं । केही दिनदेखि प्रमुख दलका शीर्ष नेताहरुले लगातार छलफल गरिरहेका छन् । संसदीय समितिको भागबण्डा मिलाउन छलफलमा जुटेपनि सहमति जुट्न सकेको छैन् । तर, नक्कली भुटानी शरणार्थी प्रकरणले भने राजनीति यो गर्मीका झनै तातिएको छ । बुधबार मात्रै नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परे ।

खाँण पक्राउपछि बल्ल नेकपा एमालेले पनि सचिव टोपबहादुर रायमाझीलाई पार्टीबाट निलम्बन गरी अनुसन्धानमा सघाउन आग्रह ग¥यो । नक्कली शरणार्थी प्रकरणले तरंग ल्याएपछि बुधबार पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली सिंहदरबारमा छलफलमा जुटे ।

सोही छलफलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ समेत पुगेका थिए । उनीहरुले गृहमन्त्रीलाई शरणार्थी प्रकरणमा आफूहरुले कुनै डिस्टर्व नगर्ने प्रतिबद्धता जनाएका हुन् । बैठकपछि प्रधानमन्त्री प्रचण्डले भुटानी शरणार्थी प्रकरणमा थालेको प्रहरीको अनुसन्धानमा डिस्टर्ब गर्न नहुने तीन दलमा सहमती भएको जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले दोषी नछुटून् र निर्दोष नपरून् भन्दै प्रहरीले विधि पद्धतिअनुसार गरिरहेको कामलाई सघाउने गरी छलफल भएको बताए । उनले मिडियामा प्रचार भए जसरी तीन जना नेताबीचको भेटमा दोषीलाई उम्काउने प्रयास नभएको समेत दावी गरेका छन् । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा जो जो अनुसन्धानमा देखिन्छन् तिनिहरुलाई प्रहरी प्रशासनले नछोड्ने बताए ।

श्रेष्ठले यो प्रकरणमा निष्पक्ष ढंगले अनुसन्धान प्रक्रिया अघि बढाउन र त्यसलाई निष्कर्षमा पुर्याउन प्रहरी प्रशासन लागिपरेको जानकारी दिए । केही दिनअघि पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पूर्वी क्षेत्रमा गएका बेला भएको आक्रमणको सन्दर्भमा दुःख प्रकट गर्न फोन गरेको र सो क्रममा काठमाडौँ आएपछि भेट्ने प्रतिबद्धता जनाएकोले ओलीलाई भेट्न बालकोट गएको गृहमन्त्री श्रेष्ठले दावी गरे ।

राष्ट्रघाती कुकर्म भएको बताउँदै उनले त्यसमाथि अनुसन्धान प्रक्रिया अघि बढाउनुपर्ने र दोषी जो भएपनि कारवाही गर्नुपर्छ भन्ने मान्यतामा नेताहरुबीच सहमति भएको बताएका थिए । भुटानी शरणार्थी प्रकरणमा एकपछि अर्को नेता जोडिदै गएपछि अव को पक्राउ पर्ला भन्ने चासो सर्वत्र छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #खाँण पक्राउ, #शीर्ष नेताहरु, #संसदीय समिति

तपाईको कमेन्ट लेख्नुहोस्