पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । गत वर्ष मंसिर ४ गतेको आम चुनावपछी नया सरकार बन्नुअघिका प्रधानमन्त्री, शेरबहादुर देउवाको मन्त्रीमण्डलका गृहमन्त्री बालकृष्ण खाँण प्रहरीको हिरासतमा पुगेका छन । नेपाली नागरीकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएपछी पक्राउ परेका खाँण अनुसन्धानका लागी ४ दिन हिरासतमा बस्ने भएका हुन् ।
काठमाडौँ जिल्ला अदालतले थप अनुसन्धानका लागी खाँणलाई हिरासतमा राख्न अनुमती दिएको हो । नेपाली कांग्रेसका प्रभावशाली नेता खाँण कांग्रेस सभापति शेरबहादुर देउवाका बिश्वास पात्र हुन । तर नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछी उनको राजनीतिक करीयर संकटमा परेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएपछि काठमाडौं प्रहरी परिसरको टोलीले खाँणलाई बुधबार बिहान मैजुवहालस्थित उनकै निवासबाट पक्राउ गरेको हो । नक्कली भुटानी शरणार्थीलाई अमेरिका पठाउने भन्दै सुरु भएको ठगी धन्दामा खाँणले पनि आर्थिक लाभ लिएर निर्णय गरेको प्रहरीले बताएको छ । यो प्रकणका अर्का हाईप्रोफाईल ब्यक्तीत्व टोप बहादुर रायमाझी सम्पर्क बिहिन छन ।
प्रतिनिधिसभा सदस्य समेत रहेका रायमाझीलाई उनको पार्टी नेकपा एमालेले सचिब पदबाट निलम्बन समेत गरिसकेको छ । यो प्रकरणमा संग्लग्न अन्य हाई प्रोफाईल ब्यक्तीहरुलाई पनी पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउने गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा हाईप्रोफाईलहरुलाई समातेर अनुसन्धान अगाडी बढाएपछी अहिले गृहमन्त्री श्रेष्ठ र नेपाल प्रहरीको वाहवही भईरहेको छ ।
आम जनताले गृहमन्त्री श्रेष्ठको आँट र प्रहरीको हिम्मतको प्रशंशा गरिरहेका छन । प्रहरीले सम्पर्कबिहिन रहेका एमाले नेता रायमाझीलाई खोजिरहेको छ । साथै यो प्रकरणमा संग्लग्न अन्य भिआइपी आरोपितहरुमाथी पनी सुक्ष्म अनुसन्धान जारी राखेको छ । खाणँसंगै नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म १२ जना व्यक्तिहरू पक्राउ परिसकेका छन । बुधबार खाँण र उनका निजि सचिव पनि पक्राउ परिसकेका छन् । यसअघि तत्कालिन गृहसचिब टेकनारायण पाण्डे, एमाले नेता रायमाझीका छोरा सन्दीप रायमाझी, पुर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक थापा पक्राउ परिसकेका छन ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #चुनावपछी नया सरकार, #नयाँ सरकार, #शेरबहादुर देउवा
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्