नक्कली शरणार्थी प्रकरणको छानविनमा खुट्टा नकमाउन रविको प्रचण्डलाई आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न बिहान सभापति लामिछाने प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खोलेको विषयमा धन्यवाद दिँदै भ्रष्टाचारका विषयमा छानबिन गर्न खुट्टा नकमाउन रविले आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
लामिछानेले धन्यवाद दिएपछि प्रधानमन्त्रीले सरकारको काममा सहयोग गर्न आग्रह गरेको बताइएको छ । सरकारले भ्रष्टाचारको छानबिन गर्ने एजेण्डा न्यूनतम साझा कार्यक्रमबाट हटाएकोमा असन्तुष्टि पोख्दै रास्वपाले समर्थन फिर्ता लिएको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #दाहाल प्रचण्ड, #रवि लामिछाने
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्