महाराज जस्ता नेता, युवराज जस्ता छोरा, सिंहदरवारमा छोराहरुको चल्दै रजगज !

काठमाडौं । नक्कली शरणार्थी प्रकरणसंगै नेताका छोराहरुको कतिसम्म जगजगी चल्दो रहेछ भन्ने सार्वजनिक भएको छ । आम मानिसले चुनावबाट जिताएर नेता वनाएर पठाएपनि खासमा नेताले आफुलाइ महाराज ठान्ने र तिनका सन्तानले आफुलाइ युवराज ठान्दा रहेछन भन्ने पनि पुष्टि भएको छ । नेताका छोराले के सम्म गर्दा रहेछन त ? नक्कली शरणार्थी प्रकरण सार्वजनिक भएसंगै नेताको छोराहरुको रजगज पनि सार्वजनिक भएको छ । सार्वजनिक छवि भएका नेताहरुले सिहदरवारमा वसेर शासन चलाएपनि खासमा भुमिगत गिरोहको रुपमा असुली धन्दा चलाउने काम भने तिनका छोराहरुको सेटिङ्गमा हुदो रहेछ भन्ने कुरा पुष्टि भएको छ ।
२०५२ साल देखि टाउकोमा कफन वाँधेर हिडेका माओवादी नेताहरु सर्वहारा जनताका प्रतिनिधि हुन र तिनिहरु समाजवाद ल्याउन तल्लिन छन भन्ने भान परेको थियो । उनीहरुले वारम्वार भाषण मार्फत यहि कुरा नै उजागर गर्ने कोशिश गरे । माओवादीको यहि नौटंकीबाट प्रभावित भएर देशमा १७ हजार मानिसको ज्यान गयो भने हजारौं मानिस वेपत्ता भए । तर, माओवादी शान्तिपुर्ण राजनीतिमा आउने वित्तिकै उनीहरु भोका उडुस जस्तै गरि राज्य दोहन लागि परेको केही घटनाले पुष्टि गरेको छ ।
गणतन्त्र आएपछि हरेक सरकारमा सामेल भएका माओवादीका विभिन्न घटकका नेताहरुले आफुलाइ जति नै आचरण शुद्ध रहेको स्वांग पारेपनि खासमा उनीहरु राज्य दोहन संलग्न भएको र यसको लागि आफनै सन्ताको प्रयोग गरेको प्रष्ट देखिन थालेको छ । भुटानी शरणार्थी भनेर नेपालीलाइ अमेरिका पठाउने गिरोहमा तत्कालिन गृहमन्त्री रामवहादुर थापा वादलका पुत्र प्रतीक थापा र तत्कालिन मन्त्री टोपवहादुर रायमाझीका पुत्र सन्दीप रायमाझी संलग्न भएको पाइएपछि राज्यदोहन वावु छोराको कनेक्सन खोज्न थालिएको हो ।
तत्कालिन मन्त्री वादलकै सल्लाहकार इन्द्रजीत राई प्रमुख मतियार भएको भन्दै सवैभन्दा पहिला पक्राउ परेपछि लहरै गृहसचिव टेकनारायण पाण्डे हुदै नेताका छोराहरु पनि फन्दामा पर्न थालेका हुन । यसमध्ये वादलका छोरा प्रतीक फरार छन भने रायमाझीका छोरा पक्राउ परिसके । कुरा यति मात्र होइन, हाल पक्राउ परेका टोपवहादुर रायमाझीका पुत्र सन्दीप रायमाझी सानै देखि खराव आचरणको भएको पनि खुलेको छ । विवाह गर्दा भारतीय नोटको माला लगाएर सजिएका सन्दीप यसपछि अनेक झमेलामा नपरेका होइनन तर उनलाइ आफना पिता टोपवहादुरको शक्ति र शानले जोगाएर राखेको थियो ।
रायमाझीका पुत्र सन्दीप खराव आचरणमा रहेको कुरा माओवादी युद्धकालमै चर्चामा थियो । यहि गाइगुइ सुनेपछि रायमाझीलाई छोराई सुधार्नु भनेर नेताहरुले नभनेका होइनन तर उनी जसले सुझाव दियो उसैसंग रिसले चुर भए । माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेता कृष्णवहादुर महराहरुले पनि आफनै छोरा, छोरीलाइ स्वकिय राख्ने गरेका छन । तर, उनीहरुले यसो गरेवापत के कति लाभ प्राप्त गरे यसको यकिन विवरण सार्वजनिक भइसकेको भने छैन ।
प्राय नेताहरुले आफु सांसद,मन्त्री वा प्रधानमन्त्री भएपछि आफन्तलाइ नै स्वकिय सचिव राख्ने गरेका छन । मन्त्री भएपछि सकभर सचिव पनि नातेदार वा नजिकको, त्यति पनि नभए एउटै भेगको र यति पनि नभए पार्टीसंग निकट भएकोलाइ राख्ने गरेका छन । वौद्धिकहरु यसैलाइ सेटिङ्ग भन्ने गर्दछन । आखिर जनसेवा गर्न गएका मन्त्रीलाइ किन गर्नुपरयो सेटिङ्ग ? मानिसहरु यो प्रश्न बारम्वार गरिरहन्छन तर नक्कली शरणार्थी प्रकरणले उनीहरुले आर्थिक लाभको लागि यस्तो भयंकर सेटिङ्ग गर्दा रहेछन भन्ने पुष्टि गरेको छ ।
टोपवहादुर आइतबार पक्राउ परेका छन् । प्राप्त प्रमाण, बयान लगायतका विभिन्न पाटोबाट अनुसन्धान गरिरहेको प्रहरीले अन्य भीआईपीको संलग्नताको समेत शंकेत गरेको छ । पूर्वगृहमन्त्री खाँड पत्नी मञ्जु, पूर्वप्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवा पत्नी आरजु, पूर्वगृहमन्त्री बादल, पूर्वउपराष्ट्रपतिका छोरा दिपेश, लगायतका केही नेतासम्मले गिरोहबाट पैसा बुझेको बारे आएको बयानसँगै प्रमाणको खोजीमा प्रहरी जुटेको छ । यो प्रकरणमा ८ सय ७५ जनाको एक अर्ब हाराहारी ठगी भएको आँकलन गरिएको छ भने गृहसचिव, कर्मचारी, उच्च राजनीतिक नेतृत्वसम्मको साँठगाँठ रहेको खुलेको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #जगजगी चल्दो, #नक्कली शरणार्थी, #नेताका छोरा
ताजा खबर
- १७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- २साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ३भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
- ४हमासलाई ट्रम्पको चेतावनी‘बन्दी रिहा नगरेमा एउटा पनि सदस्य बाँकी रहने छैन’
- ५माओवादीको अभियान कार्यतालिका हेरफेर,आजदेखि कुन जिल्लामा कहिले ?
तपाईको कमेन्ट लेख्नुहोस्