Techie IT
  • २९ चैत्र २०८१, शुक्रबार
KhojPatrika

एक बर्षसम्म मेयर बालेन र हर्क संघीय सरकारसँग जुध्दै, अधिकांश प्रमुख गुपचुप !


काठमाडौं । गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको एकबर्ष पुरा भएको छ । स्थानीय तहको निवार्चनको १ बर्ष पुरा भएसंगै नयाँ जनप्रतिनिधिको बार्षीक कामकार्वाहीको समिक्षा सुरु भएको छ । देशभरका ७ सय ५३ स्थानीय जनप्रतिनिधीमध्ये काठामाडाँैका मेयर बालेन्द्र शााह, धरानका मेयर हर्क राई र धनगढीका मेयर गोपी हमालको कामको उल्लेख्य चर्चा भएको छ ।

अन्य स्थानीय तहका जनप्रतिधिले भने जनताको मन जित्न सकिरहेका छैनन् । स्थानीय तहका जनप्रतिनिधिहरुको पाँच बर्षीय कार्यकालको पहिलो बर्ष पुरा भएको छ । गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको ठिक एक पर्ष पुरा भएपछि बार्षिक कामकार्बाहीको समिक्षा समेत सुरु भएको छ । देशभरका ७ सय ५३ स्थानीय तहका जनप्रतिनिधिमध्ये स्वतन्त्र उम्मेदवारी दिएर बाजि मारेका तीन मेयर बालेन्द्र शाह, हर्क सामपाङ राई र गोपी हमालको कामले बर्षभरी चर्चा बटुले ।

ठुला राजनीतिक दलका उम्मेदवारलाई चक्मा दिदै काठमाडौं  महानगरमा बाजि मारेका बालेन्द्र शाह, धरान उपमहानगरमा बाजि मारेका हर्क सामापाङ राई र धनगढी उपमहानगरमा बाजि मारेका गोपी हमालले दलको सिन्डीकेटलाई तोडेर जनमुखी काम गरेर देखिएका छन् । मेयर बालेन र हर्क राईको कामको चर्चा यसरी गर्न सकिन्छ ।

काठमाडौंका मेयर बालेन शाह–अनाधिकृत संरचना भत्काउनेदेखि टुकुचा खोला उत्खनन र न्यूयोर्क टाइम्समा दिएको अन्तवार्तासम्म
ठुला राजनीतिक दलका उम्मेदवारलाई ठुलो मतान्तरले पराजित गर्दै देशकै महत्वपूर्ण महाननगर काठमाडाँै महानगरको मेयर बनेका बालेन शाहले पाँच बर्षीय कार्यकालको पहिलो बर्षमा केहि गर्न खोजेका छन् । सुरुवाती चरणमा काठमाडौँ महानगर भित्रका फुटपाथ र अनधिकृत संरचनामा डोजर चलाएर वाहवाही कमाए । महानगरभित्र रहेको ठुला घरानाले हडपेका जायजेथामा हिम्मतका साथ डोजर चलाएर चर्चा कमाए । जसले काठमाडाँै केहि खुल्ला हुन मद्दत पुग्यो भने फुटपाथ हटाउदा सडक खाली भए ।

त्यसपछि काठमाडाँै महानगरभित्र रहेका नक्कली सुकुम्बासीलाई हटाउन साहस राखे तर उनले सरकारको साथ पाएनन् । त्यसका अलवा ऐतिहासिक तथा पुरातात्वीक महत्व बोकेको टुकुचा खोला उन्खनन् गरे तर पछि अदालत बाधक बन्यो । महानगरभित्रका खाल्डाखुल्डी पुर्न पुर्वाधार एक्बुलेन्स सेवा सुचारु गरे भने बर्षको अन्त्यतिर निशुल्क एम्बुलेन्स सेवा सुचारु र नयाँ शैक्षिक विकास योजना समेत सार्वजनिक गरे । त्यसका अलवा काठमाडाँैको सबैभन्दा टाउको दुखाईको विषय पोहोर ब्यवस्थापनमा समेत सफलता हात पारे । एकपछि अर्काे राम्रो काम गरिरहेका मेयर बालेन राजनीतिक दलको असयोगका कारण सोचेजति काम गर्न भने सकेन्न् । बर्षको अन्त्यमा विश्वप्रसिद्ध पत्रिका द न्यूयार्क टाइम्सले उनको कामको बारेमा एक सामग्री समेत तयार गरेर प्रकाशन गरेको छ । बालेनको कामले नेपाल मात्रै नभएर विश्वले नै प्रशंशा गर्नुे नेपाल र नेपालीका लागि धेरै गौरवको कुरा हो ।
धरानका मेयर हर्क साम्पाङ राई– धराने जनतालाई पानी खुवाउनेदेखि गुइठे गित र वडा अध्यक्षसँग जुहारीसम्म
धरानका जनताको प्रमख समस्या खानेपानीलाई मुख्य एजेण्डा बनाएर धरान उपमहानगरपालिकाको मेयर बनेका थिए हर्क साम्पाङ राई । धराने मेयर हर्क सामपाङ राई मेयर बनेको केहि दिनमै धराने जनताको आगनमा पानी पु¥याउन सफल भए । चुनाव अघि एक्लै सडकमा लडेका राई चुनाव जितेपछि देश दुनियाप्रीय भए । चुनावी एजेन्डा अनुसार धराने जनतालाई श्रमदान गरेर घरघरमा पानी पु¥याएका उनी चर्चाको शिखरमा छन् ।

उनले भिरपाखा र पखेरीमा खेल्दै जनताको घरमा पानी पु¥याए र सँगै मुलुक श्रम गरेर मात्रै विकाश हुन्छ भन्ने श्रम संस्कारको विकास गराए । त्यो संगै धरानमा श्रमदान पार्क समेत स्थापना गरे अहिले हजारौ आम नागरिक त्यहाँ पुगेर स्वतःरुपमा श्रमदान गर्छन् । सरकारले उनलाई गाडी किन्न दिएको पैसाले डोजर किनेर विकासप्रेमी भावको विकास गराए । प्रकृतिप्रेमी राईले लाखौलाख विरुवा रोपेर प्रकृतिलाई सुन्दर बनाउन तल्लिन भए । हप्तादिन भर श्रमको काम गरिरहने धराने मेयर हर्क साँझपख थकान मेटाउन गित गुनगुनाउँछन् ।

उनको गुइठे नामको गितको चर्चा त्यतिकै छ । सामाजिक संजालमा बढि सक्रिय हुने राई नेपाली जनता माझ लाकेप्रीय बने । तर एकलौटी रुपमा कार्यपालिका बैठकमा कसैलाई नटेरी वडा अध्यक्षहरुलाई राजीनामा दिन लगाएको भन्दै उनको अलोचना समेत भयो । जसका कारण २ महिनादेखि कार्यपालिकाको बैठक बस्न सकेत । तर पहिलो बर्षको अन्त्यमा कार्यपालिकाको बैठकमा सबै वडा अध्यक्षलाई साक्षी राखेर आत्मालोचना गरे र अन्य उनका विराधी अध्यक्षलाई समेत आत्मआलोचना गर्न लगाए ।

त्योसंगै धरानको विकासका लागि सबै मिलेर जाने प्रतिबद्धता दिदै जनपक्षीय सन्देश दिए । बालेन र हर्कका अलवा धनगढि उपमहानगरपालिकाका मेयर गोपाल हमालले समेत जनताका विचमा राम्रो काम गरेर प्रशंशा कमाएका छन् । हमालले अनाधिकृत संरचना राज्यको नामा गर्न र सडकमा रात्रीकालिन लाइट जडान गरेर जनतकाको मनमा बस्न सफल भएका छन् । यी तीन मेयरका अलवा चितवन महानगरकी मेयर रेणु दाहालले समेत महानगरको रुप परिबर्तन गरेकी छन् तर देशभरमा अन्य जनप्रतिनिधिले भने जनभावना अनुरुप काम गर्न नसकेको भन्दै आलोचना खेपिरहेका छन् ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #काठमाडौंका मेयर बालेन शाह, #टुकुचा खोला, #स्थानीय तह

तपाईको कमेन्ट लेख्नुहोस्