Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

किन सांसद मञ्जु खाँण संसद बैठकमै जान नहुने हो र ?


काठमाडौं । नेपाली कांग्रेसकी सांसद मञ्जु खाँण शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संसद बैठकमा उपस्थित भइन । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सहभागि भएकी खाँण बारे बिभिन्न टिकाटिप्पणी सामाजिक सञ्जालमा भइरहेका छन् । कतिपय सञ्चार माध्यमले समेत फरार भएकी मञ्जु खाँण संसद बैठकमा भन्ने समाचार समेत प्रस्तुत गरे ।

आरोपी नै बनाउने गरी सञ्चारमाध्यममा आएका समाचारप्रति कतिपयले आश्चार्य ब्यक्त गरेका छन् । नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउने कार्यमा संलग्न रहेको आरोपमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । बिभिन्न अडियो प्रकरणमा मञ्जु र कांग्रेस नेतृ तथा सांसद आरजु राणाको नाम समेत आएको छ । तर, उनीलाई अनुसन्धानका लागि प्रहरीले अहिलेसम्म कुनै प्रक्रिया अघि बढाएको छैन् ।

१६ जना पक्राउ पर्दा पनि मञ्जु खाँणबारे प्रहरीले कुनै प्रतिक्रिया नै दिएको छैन् । तर, सामाजिक सञ्जालदेखि सञ्चारमाध्यामले नै दोषी जस्तै गरी करार गर्ने काम गरिरहेका छन् । कतिपय सञ्चार माध्यमले सिड्नी पुगेको भन्दै प्रकाशित समाचार समेत झुटो सावित भएको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा खाण सहभागी भएसँगै उनी फरार भएको समाचार गलत रहेछ भन्ने पुष्टि गरिदिएको छ ।

हुनत् केही दिनअघि आरजु राणालाई समेत सिंगापुर पुगेको भन्दै समाचार आएका थिए । तर, राणाले यहि छु भन्दै अन्र्तवार्ता समेत दिएकी थिइन । पूर्व गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाण पक्राउ परेसँगै उनकी श्रीमती एवम् सांसद मञ्जु खाण फरार भएको विभिन्न सञ्चारमाध्यमहरुले समाचार प्रसारण र प्रकाशन गरेका थिए ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #नेपाली कांग्रेसकी, #मञ्जु खाँण, #संसद बैठक

तपाईको कमेन्ट लेख्नुहोस्