वडामा पहिलो पटक गाडी पुगेपछी गाउँमा नाचगान

रुकुमपश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्वर १ सडक सञ्जालमा जोडिएपछि स्थानीयले खुशीयाली मनाएका छन् । जिल्लाकै विकट मानिने उक्त वडामा सडक सञ्जाल जोडिएपछि गाउँमा पहिलो पटक गाडि पुग्दा स्थानीयवासी खुसी भएका हुन ।
शनिवार वडा नम्वर १ मा पुगेका दुईवटा ट्याक्टर र डोजर पुगेपछि स्थानीयले चालक र जनप्रतिनिधिलाई फुलमालाले स्वागत गरेका छन् भने नाचगान गरेका थिए ।
यो क्षेत्रलाई सडक सञ्जालसँग जोड्न २०७८ सालमा सडक निर्माण सामग्री सहितको डोजर हेलिकोप्टरमार्फत ढुवानी गरिएको थियो ।
चट्टान क्षेत्र धेरै भएकाले दुई वर्षसम्म भीर फुटाउन नसक्दा वडा नम्वर १ र २ का नागरिक वडा नम्वर ३ हुँदै एक दिन पैदल हिडेर पालिका आउन बाध्य भएको वडाअध्यक्ष देव बहादुर घर्तीले जानकारी दिए । अब भने पालिका आउजाउ गर्न सहज भएको उनको भनाई छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #रुकुम पश्चिम, #सडक सञ्जाल, #स्थानीयले खुशीयाली
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्