संसदमा ओलीले सबैमाथि पोखे कुण्ठा, शरणार्थी प्रकरणमा मेरो पालामा गडबडी भएको छैन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको बर्तमान सरकारमाथि आक्रोश पोखेका छन । प्रतिनिधिसभाको आइतबारको बैठकमा २ घण्टा लामो भाषण गर्दै एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाल र उनको सरकारमाथी आक्रोस पोखेका हुन ।
प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारले ल्याएको निति तथा कार्यक्रमको चर्को आलोचना गरेका ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफु सरकारमा भएको बेला कुनै गडबडी नभएको दाबी गरेका छन । प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा करीब २ घण्टा लामो भाषण गरेका छन । सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफलका लागि रोष्ट्रम पुगेका ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको बर्तमान सरकारको चर्को आलोचना गरेका छन ।
१ घण्टा ५२ मिनेट लामो भाषण गरेका ओलीले अधिकांस समय शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक गरेको सरकारको निति तथा कार्यक्रममाथी टिप्पणी गरे । उनले प्रधानमन्त्री दाहाललाई संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम फिर्ता लिन आग्रह गरे । उनले देशका लागी निति तथा कार्यक्रम बनाउन आग्रह गर्दै अहिले बनेको निति तथा कार्यक्रमको पुर्नलेखन गर्न माग गरेका छन ।
एमाले अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविनलाई निष्पक्ष र तटस्थ ढंगले गर्न माग समेत गरेका छन् । उनले तीन दलका शीर्ष नेताहरुबीच सदन चलाउने विषयमा भएको छलफलप्रति आशंका गरिएकोप्रति आक्रोश व्यक्त गरे । यो प्रकरणमा मन्त्रिपरिषद् र नेताहरूले छानबिनमा प्रभाव पार्न आवश्यक नभएको बताउदै ओलीले राजनीति अभिष्ट साँध्न निर्दोषलाई फसाउने काम नगर्न पनि सचेत गराए ।
ओलीले मुलुकको भौगोलिक सीमा सुरक्षाको विषयमा सरकारको धारणा समेत माग गरेका छन् । उनले भारतले मिचेको नेपाली भूमि फिर्ता गराउनेबारे सरकारको धारणा माग गरेका हुन् । सरकारको नीति तथा कार्यक्रममा भारतले मिचेका भूमिबारे नबोलेको ओलीको भनाइ छ । ओलीको भाषणबाट सत्तापक्षिय दलहरु भने असन्तुष्ट छन ।
नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवम् पूर्व मन्त्री मेटमणि चौधरीले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्मा सुझाव भन्दा धेरै इगो र कुण्ठा मात्रै पोखेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै चौधरीले १ घण्टा ५२ मिनेट नीति तथा कार्यक्रमका विषयमा प्रवचन मात्रै दिएको बताएका छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #एमालेका अध्यक्ष केपी शर्मा ओली, #पुष्पकमल दाहाल, #सरकारमाथि आक्रोश
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्