Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

नक्कली भुटानी शरणार्थी प्रकरणमा ३२ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस !


काठमाडौं । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३२ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ । सोमबार नेपाल प्रहरी अनुसन्धान प्रतिबेदन सरकारी वकिलको कार्यालयमा बुझाउदै ३२ जना विरुद्धै मुदा चलाउनुपर्ने निष्कर्ष निकालेको हो । जसमध्यमध्ये १६ जना थुनामा रहेका छन् । भने १६ जना फरार रहेका प्रतिवेदनमा उल्लेख गरेको छ । सरकारी वकिलको कार्यालयले प्रतिबेदन बुझेसंगै अध्यन गरेर विहिबारसम्म मुद्धा दायर गर्ने भएको छ । करिब दुई महिनाको अनुसन्धानपछि प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडाँैलाई बुझाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अनुसन्धान पूरा गरेर सोमबार बुझाएको हो । प्रहरीले पक्राउ परेका १६ जना नै दोषी रहेको निष्कर्ष निकालेको छ । सरकारी वकिलको कार्यलयले उक्त प्रतिवेदनपाएसंगै अध्ययन गरेर ढिलोमा आउँदो बिहीबारसम्म जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्ने बताएको छ । प्रतिवेदनमा संगठित अपराध, ठगी र राज्यविरुद्धको अपराधमा मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको हो । सोहि अनुसार सरकारी कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सहितको आठजनाको टिमले अध्ययन तथा अभियोजनको प्रक्रिया अगाडि बढाउने भएको हो ।

शरणार्थी प्रकरणमा पक्राउ परेका १६ र फरार रहेका १६ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने प्रहरीको रायबारे अध्यन गरेर मुद्धा दायर हुने भएको हो । साथै सरकारी वकिलको कार्यलयले प्रहरीले मुद्धा चलाउन सिफारिस गरेका सबै अभियूक्तलाई प्रमाणको आदारमा मुद्धा दायर हुने विश्वास दिलाएको छ । अदालतले प्रचलित कानुन बमोजिम सबै प्रतिबादीलाई कार्बाही हुनेमा विश्वस्त हुन नागरिकलाई आह्वान गरेको छ । पक्राउ परेका १६ जनालाई मंगलबार फेरि थुनामा राख्न म्याद थप गरिने भएको छ ।

मुद्दा दायर नहुँदासम्म उनीहरूलाई थुनामा राख्न अदालतले अनुमति दिएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउन संगठित रूपमा सांसद, सरकारी कर्मचारी, बिचौलियालगायत गिरोहरूको समूहले करिब सात वर्ष अगाडिदेखि भएको अनुसन्धानमा देखिएको छ । यसअघि उजुरी परेपछि प्रहरीले छानबिन सुरु गरेको थियो । शंकाको घेरामा परेका व्यक्तिहरूविरुद्ध प्रहरीले प्रमाण जुटाएको थियो । कसुर पुष्टि हुने देखिएका प्रमाण फेला पारेपछि प्रहरीले आरोपितलाई पक्राउ गर्न अदालतबाट अनुमति समेत माग गरेको थियो ।

प्रहरीका अनुसार कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी, तत्कालिन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगाएतलाई साढे १८ वर्षसम्मको जेल सजाय र यही प्रकरणबाट जम्मा गरेको सम्पत्ती जफत गर्न समेत माग गरिएको छ । त्यस्तै अन्य केहीलाई भने संगठित अपराध र ठगी कसुरमा मुद्दा चलाउनुपर्ने राय प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयलाई दिएको छ ।

सरकारी वकिलको कार्यालयले अध्ययन गरेर जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्नेछ । मुद्दा दायर भएपछि अदालतले पूर्पक्षका लागि थुनामा राख्न, धरौटीमा रिहा गर्न वा साधारण तारेखमा रिहा गर्न आदेश दिनेछ । यो प्रकरणमा संलग्न भएका तर अनुसन्धान बाहिर रहेकाहरुलाई भने प्रहरीले पुरक प्रतिवेदन तयार गरेर थप अनुसन्धान गर्नसक्ने अबस्था कायमै छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #३२ जनाविरुद्ध मुद्दा चलाउन, #काठमाडौंको टोली, #भुटानी शरणार्थी

तपाईको कमेन्ट लेख्नुहोस्