प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण जेठ १७ गते तय, भित्र भित्रै तयारी, औपचारिक घोषणा हुन बाँकी !

काठमाडौं । प्रधानमन्त्री बनेको झण्डै ६ महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पहिलो विदेश भ्रमण दक्षिणी छिमेकी मुलक भारत जाने भएका छन् । जेठ १५ मा आगामी आर्थिक बर्षको बजेट सार्वजनिक भएपछि प्रचण्ड १७ गते भारत भ्रमणमा निस्किने तय भएको भएको छ । भ्रमणको तयारी थालिएपछि सरकारले औपचारिक घोषणा भने गरेको छैन् ।
नेपालको प्रधानमन्त्री प्रचण्डको भ्रमणलाई लिएर भारतीय विदेशमन्त्री एस जयशंकर र भारतका लागि नेपाली राजदूत डा शंकर शर्माबीच भेटवार्ता पनि भएको छ । शर्मा विदेशमन्त्री जयशंकरलाई भेट्न बिहीबार बिहान पुगेका थिए । सो क्रममा दुई देशबीचको गहिरो र बहुपक्षीय साझेदारीको बारेमा छलफल भएको भारतीय विदेशमन्त्री जयशंकरले ट्वीटरमार्फत जानकारी दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले निकट भविष्यमै भारत भ्रमण गर्न लागेको बेला राजदूत भारतीय विदेश सचिव भेट्न पुगेका हुन् ।प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते भारत जाने १८ गते भारतीय समकक्षी नरेन्द्र मोदीसँग नयाँदिल्लीस्थित मोदीको कार्यकक्षमा भेटवार्ता गर्ने रसोहि दिन भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गर्ने तय भएको छ ।
जेठ १९ गते उनी मुम्बई जाने र २० गते स्वदेश फर्किने गरी भ्रमणको तालिकालाई अन्तिम रुप दिने तयारी छ । प्रचण्डको भारत भ्रमणलाई महत्वका साथ हेरिएको छ । मुलुक आर्थिक संकटको डिलैमा पुगेको र ब्यापार घाटाले सिमा नाघेको मात्रै छैन् उद्योग कलकारखाना बन्द हुने अवस्थामा छन् । सन्धी सम्झौता पुर्नरालोकण देखि सिमा विवाद भ्रमणमा उठ्छ या उठ्दैन सबैको चासो छ ।
त्यसो त दुई ठुला छिमेकी मुलुक भारत र चिन मध्य पहिला कुन देशको भ्रमण जाने भन्ने बहस नेपाली राजनीतिमा बेलाबेला हुने गरेको छ ।प्रधानमन्त्रीको विदेश भ्रमणको इतिहास हेर्न हो भने प्राय सबै प्रधानमन्त्रीको पहिलो गन्तब्य भारत नै हुने गरेको छ । भारत र नेपालको रोटी बेटीको सम्बन्ध हुने भएकोले भारत नै पहिलो रोजाई हुने गरेको राजनीतिक बृतमा चर्चा चल्ने गरेको छ ।
यसअघि प्रधानमन्त्री प्रचण्डले गत वैशाख तेस्रो साता भारत भ्रमणको तयारी गरेका थिए । तर, नक्कली भुटानी शरणार्थी प्रकरण र नयाँ बजेटको तयारी लगायतका कारण देखाउदै भ्रमण स्थगित भएका थियो । तर, जानकारहरु भने भारतले नै भ्रमणको निम्तो नदिएका कारण पटक–पटक भ्रमण सरेको दाबी गर्छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #प्रधानमन्त्री, #प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, #राजदूत डा शंकर शर्मा
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्