Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

एमाले अध्यक्ष ओलीलाई न्यायाधीश नबन्न विश्वप्रकाश शर्माको सुझाव


काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारको मुद्दामा अनुसन्धान भइरहेको बेलामा रोष्टमबाट अनुसन्धान प्रभावित गर्ने बयान दिनु नहुने बताए । शनिवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताएका हुन ।

उनले सरकारले प्रश्तुत गरेको नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले निर्दोषलाई फसाउने षड्यन्त्र भइरहेको छ भन्ने अभिव्यक्ति दिएको प्रति आपत्ति जनाए । उनले दोषीलाई उम्क्याउन खोजिँदैछ भन्दै गरेको कुरामा आफूले समर्थन गर्न सकेपनि निर्दोषलाई फसाइँदैछ भन्ने अभिव्यक्तिले अनुसन्धान प्रभावित बन्नसक्ने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले सरकारले ल्याएको नीति तथा कार्यक्रमले सार्वसाधारण जनतालाई छुन नसकेको टिप्पणी गरे । सासद परियारले विकासको केन्द्रमा जनतालाई राखेर नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा त्यसो नभएको बताए । उनले विकासको बहसलाई नयाँ शिराबाट सुरु गरी संविधानले ग्यारेन्टी गरेको मौलिक हकलाई सुरक्षित हुने गरी नीति तथा कार्यक्रम परिमार्जन गर्न पनि सरकारलाई सुझाव दिए ।

नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले सरकारले प्रश्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम समयमा प्रश्तुत हुन नसकेको बताए । उनले नीति तथा कार्यक्रम समयमा नै छलफल गर्न समय पुग्नेगरी प्रश्तुत हुनेपर्ने समय निर्धारण हुनुपर्ने बताए । उनले सरकारले प्रश्तुत गरेको नीति तथा कार्यक्रम छोराछोरी जन्माइसकेपछिको छोराछोरी जन्माउने बारेको छलफल जस्तोभएको टिप्पणी गरे ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नीति तथा कार्यक्रममा ल्याएका पानीजहाजको एजेण्डा कहाँ कार्यान्वयन भयो भन्दै प्रश्न गरेका थिए ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #केपी शर्मा ओली, #विश्वप्रकाश शर्मा

तपाईको कमेन्ट लेख्नुहोस्