प्रि मनसुन सक्रिय नहुँदा देशभर अत्याधिक गर्मी, जनजीवन प्रभावित

काठमाडौं । काठमाडौँ उपत्यका सहित देशको विभिन्न क्षेत्रमा गर्मी बढेको छ । गर्मी बढेका कारण तराइका विभिन्न ठाँउमा विद्यालय नै बन्द गरिएको छ । गर्मीको बेला शरीरमा पानीको अभाव हुँदा स्वास्थ्यमा समस्या देखिने र डिहाइड्रेशन समेत हुन सक्ने भएकाले प्रशस्त पानि र पानीसँगै प्रशस्त पानी पाइने फलफूल खान चिकित्सकहरुको सुझाव छ । पछिल्लो समय काठमाडौँ उपत्यका सहित देशको विभिन्न क्षेत्रमा अत्याधिक गर्मि बढेका कारण जनजिवन प्रभावित भएको छ ।
सोमबार काठमाण्डौको तापक्रम ३० डिग्री सेल्सीयस आसपास रहेको छ । आइतबार २९ दशमलव ४ डिग्री सेल्सियस थियो भने शनिबार ३१ डिग्री सेल्सियस थियो । मौसम सफा भएर जमिन तात्तिएकाले रातको समयमा पनि गर्मी महसुस हुन थालेको विज्ञहरुले बताएका छन् । यता प्रि मनसुन सक्रिय नहुदा दिनानुदिन गर्मि बढिरहेको छ । त्यस्तै तराईका जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा धेरै छ । केही ठाउँमा ४१ डिग्री सेल्सियसको हाराहारीमा समेत पुगेको छ ।
गर्मिका बढेकै कारण तराइका विभिन्न जिल्लाहरुमा विद्यालय समेत बन्द गरिएको छ । नवलपरासीको दुम्कौली, भैरहवा, सिमरा, जनकपुर, नेपालगञ्ज र गौरमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि छ । तापक्रम उच्च भएका तराईका क्षेत्रमा अझै केही दिन पानी पर्ने सम्भावना भने देखिएको छैन । यस्तै, पहाडी जिल्लामा पनि गर्मी बढेको छ । पहाडी केही ठाउँमा बेलुकीपख मौसम आंशिक बदली भए पनि पानी परेको छैन । गर्मी लगातार बढिरहेकाले खानपान र सरसफाइमा ख्याल गर्न जरुरी छ ।
गर्मीको बेला शरीरमा पानीको अभाव हुँदा स्वास्थ्य समस्या देखिने र डिहाइड्रेशनको समेत हुनसक्ने चिकित्सकहरु बताउँछन् । गर्मीको समयमा पानीसँगै प्रशस्त पानी पाइने फलफूल र तरकारी खाने तथा प्रशस्त पानि पाइने फलफुल खर्बुजा, मेवा, गोलभेडा, मुला, गाजर जस्ता शरीरलाई शीतल दिने फलफूल र तरकारी खानु पर्ने विज्ञहरुको सुझाव छ ।
यस्तै, फलफूलको रस र शुद्ध पानी र धेरै पसिना बगे कहिलेकाहीँ जीवनजल पिउने, चिसो पानीले नुहाउने, चिया, कफी, सोडा जस्ता पेय पदार्थ नपिउने, खेतबारीको काम सकभर बिहान र बेलुका मात्रै गर्न तथा दाल, सुप जस्ता नुनिलो झोल पदार्थ पिउनाले शरिरलाई फाइदा हुनुका साथै यसले शरिरलाई डिहाइड्रेड हुनबाट बचाउँने चिकित्सकहरुको भनाई छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #काठमाडौं उपत्यका, #गर्मी बढे
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्