Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

रवि लामिछानेलाई शंकर पोखरेलको कटाक्ष, चर्को बोल्दैमा नेता भइदैन !


काठमाडौं । नेकपा एमालेका महासचिब शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछाने विरुद्ध आक्रामक अभिब्यक्ती दिएका छन । महासचिब पोखरेलले जनताको असन्तुष्टिसँग खेलेर नेता बन्नेहरुको राजनीतिक भविष्य लामो नहुने टिप्पणी गरेका छन । उनले एक क्षेत्रमा हासिल गरेको लोकप्रियता अर्को क्षेत्रमा काम नलाग्ने दाबी गरेका छन ।

प्रतिनिधिसभामा प्रतिपक्षी दलहरुको स्वर एउटै भईरहेका बेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिब शंकर पोखेरलले अर्को प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पाटी ‘रास्वपा’का सभापति रवि लामीछाने माथी हमला गरेका छन । महासचिब पोखरेलले जनताको असन्तुष्टिसँग खेलेर नेता बन्नेहरुले समाजको बिकासका लागी काम गर्न नसक्ने बताएका छन ।

समाजको कुनै एक क्षेत्रबाट ख्याति प्राप्त हुने बित्तिकै राजनीतिमा आएर देशलाई सहि बाटोमा डो¥याउछु भन्ने मान्यता गलत भएको महासचिब पोखरेलले दाबी गरेका छन । राजनीतिमा स्थापित हुन संघर्ष गरेको हुनुपर्ने एमाले महासचिब पोखरेलले बताएका छन । पुराना दलहरुबाट देशको बिकास हुन नसक्ने भन्दै रास्वपा सभापति लामीछानेले बैकल्पिक राजनीतिको रटान लगाउदै आएका छन ।

उनलाई काउण्टर दिदै पोखरेलले बिचारको जगमा निर्माण भएका पार्टीहरु कहिल्यै पुरानो नहुने दाबी गरेका छन । नेकपा एमाले संसदको प्रमुख प्रतिपक्षी दल हो भने रास्वपा दोश्रो ठुलो प्रतिपक्षी दल हो । प्रतिनिधिसभामा अहिले रास्वपा र एमालेले एउटै स्वरमा सरकारमाथी हमला गरीरहेका छन । रास्वपालाई एमालेको कान्छो भाई र एमालेको उपग्रहको उपमा दिइरहदा एमाले महासचिब पोखरेलले भने रास्वपाका सभापति लामीछाने माथी हमला गरेका हुन ।

हुन पनि पछिल्लो समय जनताको आशामाथी खरो उत्रिन नसकेको भन्दै रास्वपामाथी प्रश्नको वर्षा भईरहेको छ । संसदमा रास्वपाको दोहोरो चरीत्र देखिएको आरोप लागेपछी स्वयम सभापति लामीछानेले स्पष्टिकरण दिनुपरेको छ । सत्तामा रहदा संगै सहकार्य गरेका एमाले, रास्वपा र अर्को प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा प्रतिपक्षमा पनि सहकार्य गरीरहेका छन । तर एमाले महासचिबको यस्तो अभिब्यक्तीले एमाले र रास्वपाबिच तिक्तता सुरु हुने पक्का छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #रवि लामीछाने, #लामीछाने विरुद्ध आक्रामक, #शंकर पोखरेल

तपाईको कमेन्ट लेख्नुहोस्