Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

किन नेकपा ब्यूँताउन खोज्दैछन् माधव नेपाल, राजी होलान् त ओली–प्रचण्ड ?


काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालिन नेकपा ब्यूँताउन आह्वान गरेका छन् । प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा दुई जना मन्त्री पठाएका अध्यक्ष नेपाल पछिल्लो समय सत्तागठबन्धनसँग असन्तुष्ट देखिएका छन् । त्यसका अलवा एकीकृत समाजवादीभित्रका जिम्मेवार नेता नै पार्टी छाडेर एमालेमा जान थालेका छन् ।

तत्कालिन नेकपा विभाजनपछि बेलाबेलामा पुनः बाम एकताका स्वरहरु सुनिने गरेका छन् । तर बाम शक्तिहरु पुनः एक भएर अघि बढ्ने सक्ने अवस्था निर्माण भइसकेको छैन । यसैका विच नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालिन नेकपा ब्यूँताउने रटान लगाएका छन् । सार्वजनिक मञ्चबाटै नेकपा ब्यूँताउन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई नेपालले आह्वान गरेका हुन् ।

तत्कालिन नेकपा विभाजनपछि एमालेबाट विद्रोह गर्दै एकीकृत समाजवादी खोलेका माधव नेपाल त्यसयता प्रचण्डसंग नजिक रहेर सरकारमा सहभागि भइरहेका छन् । त्यस्तै प्रतिनिधिसभामा १० सिट सहित प्रचण्ड नेतृत्वको सरकारमा २ मन्त्री पाएका समाजवादी अध्यक्ष नेपाल सरकारको आगामी आर्थिक बर्षको बजेटमा असन्तुष्ट रहेका छन् । साथै सरकारबाट बाहिरिने चेतावनी दिरहेका छन् । गत मंसिर ४ मा भएको आमचुनावमा राष्ट्रिय पार्टी बन्न नसकेपछि समाजवादी भित्र विवाद चुलिदो छ ।

समाजवादीमा चुलिदो विवादका विच समाजवादीमा बरिष्ठ उपाध्यक्षको जिम्मेवारी छाडेर मुकुन्द न्यौपाने, भागवत विश्वासी र चुडामणी जंगली एमालेमा फर्किएर केन्द्रिय सदस्यको समेत जिम्मेवारी पाइसकेका छन् । उनीहरुका अलवा अन्य दर्जनौ नेताहरु एमालेमा फर्किरहेका छन् । यस्तोमा समाजवादीको पार्टी संगठन कमजोर बनीरहेको छ । र माधव नेपाललाई पार्टी जोगाउन हम्मेहम्मे परेको छ ।

पार्टीभित्रकै अर्की शक्तिशाली नेत्री रामकुमारी झाँक्री त एमालेसँग पार्टी एकता गरेर अघी बढ्नुपर्ने अध्यक्ष नेपाललाई सुझाव दिइरहेकी छन् । यस्तोमा धमाधम पार्टिका नेता तथा कार्यकर्ता एमालेमा फर्किन थालेपछि माधव नेपाल नेकपा ब्यूँताउन लागि परेका हुन् । यता एमाले समेत पार्टीको कार्यकारिणी समितिमा ७० बर्षे उमेरहद हटाएर नेता ब्यवस्थापनमा लागेको छ ।

एमाले नेताहरु समेत माधव नेपाल सच्चिएर आए पार्टी एकिकरण गर्न तयार रहेको बताउँछन् । यसअघि २०७४ को आमचुनाव पछि बहुमत सहित नेकपाको सरकार बनेको थियो । तर शक्ति ब्यवस्थापनमा कुरा नमिल्दा ३ बर्ष नपुग्दै नेकपा तहसनहस भएको थियो । त्यसयता पटकपटक पुनः नेकपा एकिकरणको कुरा उठेपनि त्यसले सार्थकता भने पाउन सकेको छैन् ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #किन नेकपा, #नेकपा एकीकृत समाजवादी, #माधव नेपाल

तपाईको कमेन्ट लेख्नुहोस्