फौजदारी अभियोग लागेका अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प अदालतमा हाजिर

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मायामीस्थित अदालतमा हाजिर भएका छन्। आफूविरुद्धको गोप्य सरकारी दस्तावेजको लापरबाहीपूर्ण व्यवस्थापनसम्बन्धी मुद्दामा दालतमा हाजिर भएका हुन् ।
मंगलबार ट्रम्प निलो सुट र रातो टाई लगाएर अदालतमा हाजिर भएका थिए । करिब ४७ मिनेट भएको सुनुवाइमा उनी केही पनि बोलेनन्। टाउको झुकाएर बसिनै रहे। उनले आफू दोषी नभएका बताएका छन्। उनलाई कुनै शर्त वा यात्रा प्रतिबन्ध बिनानै अदालतले छोड्न अनुमति दिइएको थियो।
दुई घण्टा अदालतमा बिताएका उनले त्यसपछि समर्थकलाई सम्बोधन गर्दै मुद्दा राजनीति भएको र आफूलाई सन् २०२४ मा राष्ट्रपतिको उम्मेदवार बन्न नदिने षडयन्त्र भएको बताए। उनका समर्थकहरुले अदालतबाहिर नाराबाजी गरेका थिए। पछिल्लो दुई महिनामा ट्रम्प दोस्रो पटक अदालतमा हाजिर भएका छन्।
गत अप्रिलमा उनी अदालत पुगेका थिए । सन् २०२१ मा राष्ट्रपति कार्यालयबाट बाहिरिँदा उनले सरकारी गोप्य कागजात अवैधानिक रुपमा आफूसँग राखेको लगायतका एक दर्जनजति आरोप लगाइएको छ। ट्रम्पको निजी निवासमा फेला परेका गोप्य दस्तावेजमा केही दस्तावेज परमाणु गोपनियतासम्बन्धी पनि रहेको जनाइएको छ।
क्याटेगोरी : राजनीति, विदेश, समाचार
ट्याग : #अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प, #ट्रम्प मायामीस्थित
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्