Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

फेरि चिसिएकै हो त प्रचण्ड–बाबुराम सम्बन्ध ? बाबुराम सहभागि होलान् त समाजवादी मोर्चामा !


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र पुर्बप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको सम्बन्धमा पुनः एकपटक दरार आएको छ । पछिल्लो पटक २०७९ को आम चुनावबाट नजिकिएका प्रचण्ड र बाबुरामको सम्बन्ध पुनः एकपटक एउटै नदिका दुई किनाराजस्तो देखिएको छ । प्रचण्ड नेतृत्वको बर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्ट रहेका पुर्बप्रधानमन्त्री भट्टराईले स्वयम प्रधानमन्त्री प्रचण्डमाथी पनि प्रश्न उठाईरहेका छन । प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष पुर्ब प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको सम्बन्ध पुनः चिसिएको छ ।

माओवादीको ससष्त्र संघर्षदेखि नै कहिले नजिक र कहिले टाढा हुदै आएका बाबुराम र प्रचण्ड पुन एकपटक टाढिएको राजनीतिक बृत्तमा विश्लेषण भईरहेको छ । पछिल्लोपटक २०७९ मंसिर ४ गतेको चुनाबले प्रचण्ड र बाबुरामको सम्बन्ध समधुर बनेको थियो । त्यतिबेला गोरखाको आफ्नो निर्वाचन क्षेत्र प्रचण्डलाई उपहार दिएर बाबुरामले मतदाताको घरदैलोमै पुगेर भोट मागेका थिए ।

अर्कोतर्फ प्रचण्डले बाबुरामको पार्टीका नेताहरु महिन्द्र राय यादव र मानुसी यमी भट्टराईलाई माओवादी केन्द्रको चिन्ह हसिया हतौडाबाट चुनाव लड्न दिएका थिए । डाक्टर बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पनि प्रचण्ड नेतृत्वको सरकारमा सहभागी छ । नेपाल समाजवादीबाट महिन्द्र राय यादव खानेपानी मन्त्री छन । डाक्टर भट्टराईकै प्रस्ताबमा प्रचण्डले यादवलाई खानेपानी मन्त्री बनाएका हुन ।

पछिल्लो समय नजिकिदै गएका प्रधानमन्त्री प्रचण्ड र डाक्टर भट्टराईले पार्टी एकता गर्ने पनी तयारी गरीरहेका थिए । तर पछिल्लो समय प्रधानमन्त्री प्रचण्डबाट असन्तुष्ट बनेका डाक्टर भट्टराईले उनको कार्यशैलीबाट चित्त दुखाईरहेका छन । प्रधानमन्त्री प्रचण्डले छिमेकी देश भारतको भ्रमणमा गेरु बस्त्र लगाएको बिषयमा होस या मन्त्रीहरु सहित पशुपतिनाथमा दर्शन गरेको बिषयमा होस डाक्टर भट्टराईले सामाजिक सञ्जालबाटै असन्तुष्टि पोखिरहेका छन ।

माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता गर्ने भनेर एक–अर्काको राजनीतिक डकुमेन्ट समेत साटासाट गरिएको थियो । निर्वाचनअघि नै दुई दलबीच एकताको लागि गृहकार्य भएको थियो । निर्वाचन सम्पन्न भएर नयाँ सरकार गठन भएको पनि आज पाँच महिना पुगिसकेको छ । तर, दुई दलबीच एकताको लागि पछिल्ला दिन कुनै छलफल अघि बढेका छैनन् ।

प्रधानमन्त्री प्रचण्ड अहिले सरकारको नेतृत्वमा रहेकोले शक्ति आर्जनमा बढि सक्रिय छन् । उनी बरु पूरानो माओवादी विचारधारा बोकेकाहरुलाई गोलबद्ध बनाउन केन्द्रित भएका छन् । केहि समयअघि प्रचण्डमाथी सर्वोच्च अदालतमा मुद्धा दर्ता भएपछी बाबुरामले बचाउ गरेका थिए ।

पुर्बप्रधानमन्त्री डाक्टर भट्टराई अहिले प्रधानमन्त्री प्रचण्डको सार्वजनिक रुपमै आलोचना गर्न थालेका छन् । यसले पनि दुई नेताबीच सुमधुर सम्बन्ध नभएको देखाउँछ । र, अहिले दुई नेताबीच भेटवार्ता नभएको पनि धेरै नै भएको बताईएको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #पुर्बप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, #प्रचण्ड र बाबुराम, #प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड

तपाईको कमेन्ट लेख्नुहोस्