सात घण्टा लामो चीन अमेरिका बार्ता, के सम्बन्ध सुधार भएकै हो त ?

काठमाडौं । ताइवान मामलामा अनावश्यक चासो नराख्न चीनले अमेरिकालाई चेतावनी दिएको छ । चीन भ्रमणमा रहेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनसँगको भेटवार्तामा चिनिया विदेशमन्त्री क्वीन गाङले यस्तो चेतावनी दिएका हुन् । अमेरिकी विदेशमन्त्रीसँग चिनिया समकक्षीले साढे सात घण्टा लामो वार्ता समेत गरेका छन् । भ्रमण तयारीको पाँच महिनापछि बेइजिङ पुगेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले समकक्षी क्वीन गाङसँग साढे सात घण्टा वार्ता गरेका छन् । यो भ्रमण गरेका छन् ।
दुई विदेशमन्त्री बीचको वार्ता रचनात्मक ढंगले भएको चिनियाँ समाचार संस्था साउथ चाइना मर्निङ पोस्टले लेखेको छ । चिनियाँ विदेशमन्त्रीले वाणिज्य, शिक्षा तथा सांस्कृतिक सहकार्यबारे खुलेर कुरा राखेपनि ताइवान मामिलामा अनावश्यक हस्तक्षेप नगर्न विगतमाझैं चेतावनी दिएको समाचारमा उल्लेख छ । आइतबार बेइजिङ टेकेका ब्लिंकेनले अमेरिकाका लागि पूर्वचिनियाँ राजदूत समेत रहेका क्वीनसँग सरकारी आवासमा वार्तामा गरेका थिए । उनीहरूले साढे पाँच घण्टा वान–टु वान वार्ता गरेका थिए भने रात्रिकालीन भोजमा थप दुई घण्टा बिताएका थिए ।
चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता ह्वा चुनयिङले विदेशमन्त्रीबीचको लामो वार्ताले तनावरहित सम्बन्ध स्थापनामा सहयोग पुग्ने विश्वास लिएको बताएकी छिन् । यसअघि इन्डोनेसियाको बालीमा अमेरिकी राष्ट्रपति जो वाइडेन र चिनिया राष्ट्रपति सि जिनफिङका बिचमा भएको भेटवार्तामा दुई मुलुकका राष्ट्रप्रमुखले आपसी सहकार्यमा जोड दिएका थिए । त्यसको आधार तयार पार्दै स्थिर सम्बन्ध स्थापनाका लागि यो छलपल महत्वपूर्ण भएको चीनले बताएको छ ।
यता भेटवार्ताका क्रममा ब्लिंकेनलाई क्वीनले चीन र अमेरिकाको कूटनीतिक सम्बन्ध सन् १९७९ यताकै कमजोर अबस्थामा पुगेको बताएको समाचारहरुमा जनाइएको छ । ताइवान मामिलामा अमेरिकी नीतिले दुई मुलुकबीचको सम्बन्धमा दरार पैदा गरेको उनले बताएका थिए । भेटमा अमेरिकी विदेशमन्त्री ब्लिंकेनले अमेरिका आफ्नो जनताको हित र आफ्नो मूल्य–मान्यता रक्षाका लागि सधैं अघि बढ्ने बताएका थिए । आइतबारको भेटमा ब्लिंकेनले चिनियाँ समकक्षी क्वीनलाई वासिंटन भ्रमणको निम्तो समेत दिएका छन् ।
अमेरिकी अधिकारीहरूका अनुसार चीनसँगको तनावपूर्ण सम्बन्धको सुधार हालको भ्रमणको प्रमुख एजेण्डा हो । संवादमार्फत नै सबै असझदारीको समाधानका लागि अमेरिकाले यसपटक पहल गर्ने बताइएको छ । ब्लिंकेनले सुरक्षा मामिलामा बढी छलफल गरेको अमेरिकी अधिकारीहरुले बताएका छन् । अमेरिकाले चीनले एशिया, अफ्रिका तथा मध्यपूर्वमा स्थापना गर्न खोजेको सैन्य क्याम्पबारे समेत भेटवार्ताका क्रममा चासो राखेको छ । यसका साथै रूसलाई जारी राखेको हतियार सहयोगबारे कडा निन्दा गर्ने ब्लिंकेनको तयारी छ ।
ब्लिंकेनले चीनले नियन्त्रणमा लिएका अमेरिकीलाई रिहा गर्न अपिल गर्ने बताइएको छ । ब्लिकेनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग पनि भेटका लागि पहल गर्ने भएका छन् । आइतबार आ–आफ्ना एजेण्डामा अडिग रहेको वार्ताले केही उल्लेखनीय परिणाम निकाल्न सकेको छैन । सोमबार हुने वार्ताको परिणामले सी र ब्लिंकेनबीचको भेटको निधो गर्ने बताइएको छ । सी र ब्लिंकेनको भेट सन् २०११ यता भएको छैन ।
क्याटेगोरी : राजनीति, विचार/लेख, विदेश, समाचार
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्