प्रचण्ड र विप्लवको बाक्लिदो भेटवार्ता, महासचिव बन्न नेकपा माओवादी केन्द्रमा आउने चर्चा !

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका महासचिव नेत्रबिक्रम चन्दवीच भेटघाट बाक्लीएको छ । कुनै समय दाहालको दबाब खेप्न नसकेर तत्कालिन माओवादी परित्याग गरेका चन्द पछिल्लो समय दाहाल नजिक हुन थालेका छन् । आइतबार समाजवादी मोर्चा नेपालको गठनपछि दाहाल–विप्लवको भेटवार्ता बढेको हो । कतिपयले विप्लव–दाहालको भेटवार्ता बढेसंगै पार्टी एकता गर्न लागेको र विप्लवलाई दाहालको उत्तराधिकारी बनाइन लागको विश्लेषण गरेका छन् ।
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका महासचिव नेत्रबिक्रमचन्द वीच भेटवार्ता बाक्लीएसंगै पार्टी एकता गर्न लागेको चर्चा शुरु भएको छ । आइतबार समाजवादी मोर्चा नेपालको घोषणासंगै दशकौँ देखि चिसिएको सम्बन्ध नजिक बनेको थियो । त्यसपछि प्रचण्ड र विप्लववीच विहिबार प्रधानमन्त्री प्रचण्डको सरकारी निवास बालुवाटारमा एक्लाएक्लै भेटवार्ता भएको छ । जहाँ उनीहरुवीच बर्तमान राजनीति र पार्टी एकता बारे गहिरो छलफल भएको प्रचण्ड पुत्री गंगा दाहालले सामाजिक संजाल मार्फत जानकारी गराएकी छन् ।
कुनै समय प्रचण्डमाथि क्रान्तिलाई धोका दिएको आरोप लगाउँदै आएका विप्लवले पछिल्ला दिनहरूमा प्रचण्डको खुलेरै प्रशंसा गरिरहेका छन् । विशेषतः सरकारले घोषणा गरेको ‘जनयुद्ध दिवस’र त्यस क्रममा मारिएकाहरूको नाम शहीदको रूपमा राजपत्रमा प्रकाशित गर्ने निर्णयपछि विप्लव प्रचण्डप्रति सकरात्मक देखिएका हुन् । जसलाई नागरिकले भने सामान्य रुपमा लिएका छन् । त्यसका अलवा जनयुद्धमा १७ हजार नेपाली नागरिक मारिएको मध्य पाँच हजार जिम्मा लिने प्रचण्डको अभिब्यक्ती विरुद्ध परेको रिटमा विप्लवले प्रचण्डको प्रतिरक्षामा उत्रिने अभिब्यक्ती दिएपछि प्रचण्ड विप्लवको सम्बन्ध नजिक बनेको हो ।
राजनीतिक बृतको चर्चालाई आधार मान्ने हो भने, प्रचण्डले विप्लवलाई आफ्नो उत्तराधिकारीका रुपमा हेरेको र विप्लव समेत प्रचण्डले महासचिव पद दिए पार्टी एकता गर्न तयार रहेको बुझिएको छ । माओवादी भित्र प्रचण्डको उत्तराधिकारीको खोजी भइरहेका बेला पार्टी एकतामा विप्लवले ग्रिनसिंनल दिनुले समेत उक्त हल्लालाई पुष्टि गर्दछ । त्यसका अलवा माओवादी छिन्नभिन्न पछि कसैको भलाई नभएको भान माओवादी घटक हरुमा पर्दे जानु पनि माओवादी एकताको प्रमुख कारक हो ।
तत्कालिन समयमा १० बर्षे शशस्त्र द्धन्द्ध र ६२÷६३ को जनआन्दोलनमा सहयात्री बनेर २०६४ को चुनावमा बहुमत सहितको पार्टी बनाएका यी दुई वीच पछि पानी बारबारको स्थिति बनेको थियो । प्रचण्ड जनयूद्धको भावना विपरित राजनीतिमा लागेको भन्दै मोहन बैद्य किरणले पार्टी फुटाएपछि विप्लव बैद्यसँग जोडिएका थिए । तर, बैद्यसंग समेत टिक्न नसकेका विप्लव नेकपा गठन गर्दै आन्दोलन शुरु गरेका थिए । तत्कालिन सरकारले प्रतिवन्ध लगाएपछि भूमिगत भएका विप्लव तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा शान्तिपूर्ण राजनीतिमा आएका थिए । शान्तिपूर्ण राजनीतिमा होमिएका विप्लवले राजनीतिक स्पेस खोजीरहेका बेला प्रचण्डले उत्तराधिकारी बनाउन सिंग्नल दिएका हुन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #दाहालको दबाब, #नेत्रबिक्रम चन्द, #पुष्पकमल दाहाल
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्