बजेटमा असन्तुष्टि जनाएका माधव–उपेन्द्र कसरी हटे पछि !

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक बर्षको बजेट संसदमा प्रस्तुत गर्दा प्रतिपक्षी दलहरु मात्रै होईन स्वयम सत्तारुढ दलका सांसदहरुले नै बिरोध जनाएका थिए । खासगरी सत्तारुढ तेश्रो ठुलो दल जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले यथास्थितीमा बजेट पारीत हुन नदिने अडान लिएका थिए ।
नेकपा एकिकृत समाजवादीले त बजेट नसच्चिदा सम्म पारीत हुन नदिने केन्द्रिय समितिको बैठकबाट निर्णय नै गरेको थियो । तर बुधबार प्रतिनिधिसभामा बजेट बहुमतले पारीत हुदा नेकपा एकिकृत समाजवादी र जनता समाजवादी पार्टीले पक्षमा मतदान गरे । यसअघि बजेट पारीत हुनै नदिने अडानमा रहेका जसपा र एसले पक्षमा मतदान गरेर बजेटलाई बहुमतले पारीत गरेपछी राजनीतिमा बिभिन्न अड्कलबाजी सुरु भएका छन ।
पहिले बजेटलाई लिएर चर्को असन्तुष्टि प्रकट गर्ने दलहरु अहिले किन खुरुखुरु बजेट पारित गर्न तयार भए त ? यसअघि सार्वजनिक मञ्चबाटै चर्को भाषण गरेर बजेटको बिरोध गर्ने दलहरु जनता समाजवादी र एकिकृत समाजवादीले बजेटमा प्रधानमन्त्री र अर्थमन्त्रीको सकरात्मक जवाफपछी समर्थनमा मतदान गरीएको बताएका छन ।
जनता समाजवादीले मधेसलाई बिभेद गरीएको भन्दै बजेट पारीत हुन नदिने चेतावनी दिएको थियो भने एकिकृत समाजवादीले बजेट कांग्रेस र माओवादी केन्द्रका शिर्ष नेताहरुका निर्वाचन क्षेत्रमा मात्रै विनियोजन गरेको आरोप लगाएको थियो । त्यसयता बजेट सच्याए मात्रै पारीत हुन दिने जसपा र एसको अडानले सरकार नै संटकमा परेको बिश्लेषण भएको थियो । तर अन्ततः बजेट बहुमतले पारीत भएपछी प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारमाथी लागेको कालो बादल तत्कालका लागी हटेको छ ।
नेकपा एकिकृत समाजवादीका नेता सोमनाथ पाण्डे आफुहरुका माग सम्बोधन गर्न प्रधानमन्त्री र अर्थमन्त्री सकरात्मक भएपछी बजेट पारीत गरीएको बताउछन । कतिपयले भने बजेट पारित गर्ने चरणमा नेकपा एकीकृत समाजवादी पुग्नुलाई अनेक अर्थ लगाउन थालेका छन् ।
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #अर्थमन्त्री डा. प्रकाशशरण, #प्रतिपक्षी दल, #माधव–उपेन्द्र
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्