गगनको देउवामाथि कटाक्षः एउटै ब्यक्ती ५/६ पटक प्रधानमन्त्री हुने ब्यवस्था कुनै देशमा छैन्

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको अन्तरसंघर्षले यतिबेला नेपाली कांग्रेस दुई कित्तामा बिभाजित छ । देउवा र थापाको पक्ष र बिपक्षमा कांग्रेसभित्र बहस भईरहेको छ । पार्टी रुपान्तरणको पक्षमा रहेका महामन्त्री थापा सभापति देउवामाथी आक्रामक छन ।
उनी सार्बजनिक कार्यक्रमबाटै सभापति देउवालाई सच्चिन आग्रह गरिरहेका छन । त्यस क्रममा उनले शनिबार कांग्रेसलाई रुपान्तरण गर्न महामन्त्री पद त्याग्न समेत तयार रहेको बताएका छन । सभापति देउवमाथी दबाब बढाउने गरी काठमाण्डौमा भएको एक कार्यक्रममा महामन्त्री थापाले आफु पद त्याग्न तयार रहेको बताएका हुन ।
दाग लागेको कांग्रेसको महामन्त्री बन्नुभन्दा सफा कांग्रेसको कार्यकर्ता भएर बस्न आफूलाई मन भएको महामन्त्री थापाको भनाई छ । महामन्त्री थापाले संसारको कुनै पनी देशमा एउटै व्यक्ति ५–६ पटक प्रधानमन्त्री हुने ब्यबस्था नरहेको दाबी समेत गरे । कांग्रेस सभापति देउवा ५ पटकसम्म प्रधानमन्त्री भईसकेका छन् ।
उनी छैटौपटक प्रधानमन्त्री हुने दाउमा छन । महामन्त्री थापाले भने प्रजातन्त्रमा एउटै ब्यक्ती पटक पटक सरकारको नेतृत्व गर्नु शोभनिय नहुने बताएका हुन । अब नेपालमा एउटै ब्यक्ती पटक पटक प्रधानमन्त्री हुने ब्यबस्थालाई परीबर्तन गर्नुपर्ने महामन्त्री थापाको भनाई छ ।
महामन्त्री थापाले कांग्रेस सक्कियो भनेर नआत्तिन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गर्दै आफू बदलिएर देश बदल्ने अभियानमा कांग्रेस जुटनुपर्नेमा जोड दिए । उनले गठबन्धन सरकार परिवर्तन हुन सक्ने भएपनि कांग्रेसले सर्तसहित सरकारमा सहभागी हुने गरी नीतिगत निर्णय गरेर अघि बढनुपर्ने बताए ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #नेपाली कांग्रेस, #महामन्त्री गगन थापा, #शेरबहादुर देउवा
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्