Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

प्रचण्ड–माधवको जुहारी,सरकारको कामकारवाहीमा किन उठ्यो प्रश्न ?


काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमाथि असन्तुष्टि पोखेका छन् । पछिल्लो समय प्रधानमन्त्री प्रचण्डसँग असन्तुष्ट रहेका नेपालले सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप लागाएका हुन । उनले प्रचण्ड नेतृत्वको सरकारले जनतालाई सुशासनको प्रत्याभूति दिन नसकेको पनी बताएका छन् ।

नेकपा माओवादी केन्द्र सहितको समाजवादी मोर्चामा समाहित भएको छोटो समयमै नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड माथी असन्तुष्टि पोखेका छन । प्रधानमन्त्री प्रचण्डका अत्यन्तै नजिक मानिने नेपालको यो अभिब्यक्तीले यतिखेर राजनीतिक बृत्त तात्तिएको छ ।

सनिबार ६५ औं संसद दिवसको अवसर पारेर काठमाडौंमा आयोजित कार्यक्रममा एकिकृत समाजवादीका अध्यक्ष नेपालले भ्रष्टाचारको अन्त्य गर्ने, सुशासनको प्रत्याभूति दिने, जनताको सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउने गरी सरकारले काम गर्न नसकेको बताएका हुन । यस अघि आगामि आर्थिक वर्षको बजेटमा असन्तुष्टि पोखेका नेपालले अहिले आएर प्रधानमन्त्री प्रचण्डको सरकारमाथी नै औला उठाएका हुन ।

एकिकृत समाजवादीले यसअघि बजेट नसच्चिएसम्म संसदबाट बजेट पास हुन नदिने अडान लिएको थियो । तर त्यसपछी भने संसदमा एकिकृत समाजवादीले बजेटको पक्षमा मतदान गरेको थियो । नेपालमा समाजवादी आन्दोलनलाई मुर्त रुप दिने भन्दै समाजादी मोर्चा बनाएका माधव र प्रचण्डको सम्बन्धमा पछिल्लो समय दरार आएको होकी भन्ने आकलन समेत गर्न थालीएको छ ।

यता प्रधानमन्त्री पुष्पकमल दाहालले भने अहिलेको सरकारले दिर्घकालिन महत्वका काम शुरु गरेको दाबी गरेका छन् । गठबन्धनमै रहेको दल नेकपा एकीकृत समाजवादीले सरकारका काममाथि प्श्न उठाएका बेला प्रधानमन्त्री दाहालले भने सरकारले गरेका काम प्रशंशायोग्य रहेको बताएका हुन् । माधव नेपालको पार्टी एकिकृत समाजवादी पनि अहिले सरकारमा छ । एकिकृत समाजवादीबाट प्रकाश ज्वाला भौतिक पुर्बाधार र बेदुराम भुषाल कृषिमन्त्री छन । आफ्नै पार्टी सरकारमा रहेका बेला नेपालले दिएको यस्तो अभिब्यक्तीले राजनीतिक बृत्तमा अनेका अर्थ लगाउन थालिएको छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #नेकपा एकीकृत समाजवादी, #पुष्पकमल दाहाल, #सरकारमाथि असन्तुष्टि

तपाईको कमेन्ट लेख्नुहोस्