मिनी संसदको नेतृत्व दिन दलहरुको आनाकानी,सभामुख देवराज घिमिरेद्धारा हस्तक्षेप गर्ने चेतावनी

काठमाडौं । सभामुखसहित शिर्ष तीन राजनीतिक दलका नेताहरुबीचको छलफलले संसदीय समितिको नेतृत्व चयन छिटो गर्ने सहमति गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग सभामुख देवराज घिमिरेले छलफल गरेका हुन् ।
छलफलमा संसदीय समितिको सभापति छिटो टुंग्याउने सहमतिका साथै संसदीय गतिविधिलाई प्रभावकारी, गतिशिल, स्तरीय बनाउने बारेमा छलफल भएको सभामुख घिमिरेले बताए । कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले पनि सभापति चयन गर्ने विषयमा सहमति जुटेको बताए ।
उनले समेत छिटो भन्दा छिटो समितिको सभापति चयन गर्ने र राजनीतिमा देखिएका विकृति, विसंगति, कमीकमजोरीको समाधान गर्दै लैजाने सहमति समेत भएको बताए । सभामुखसहित तीन दलका शिर्ष नेता सम्मिलित बैठकमा कोशी प्रदेशको सरकार निर्माणका बारेमा समेत सामान्य छलफल भएको गुरुङले बताए ।
संसदीय समिति गठन भएको लामो समयसम्म सभापति चयन नहुँदा समितिका कामकारबाही नै प्रभावित बनेको छ । यसअघि सभामुख घिमिरेले समय नै तोकेर सभापति चयन गर्न निर्देशन दिएको भएपनि दलहरुबिच भागबण्डा नमिल्दा सभापति चयन हुन सकेको छैन ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #तीन राजनीतिक, #शिर्ष तीन राजनीतिक दल, #संसदीय समिति
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्