भारतको गुजरात उच्च अदालतद्धारा भारतीय कांग्रेसका नेता राहुल गान्धीको अपिल खारेज

काठमाडौं । भारतको गुजरात उच्च अदालतले भारतीय कांग्रेसका नेता राहुल गान्धीको अपिल खारेज गरिदिएको छ । समग्र मोदी थरको अपमान गरेको भन्दै दायर मुदामा गान्धीले गरेको अपिल उच्च अदालतले खारेज गरिदिएको हो । चुनावी ¥यालीमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई इंगित गर्दै गान्धीले समग्र मोदी थरको अपमान गरेको भन्दै उनीविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो । तल्लो तहको अदालतले दोषी ठहर गर्दै दुई वर्षको जेल सजायँसमेत सुनाएको थियो ।
गत २३ मार्चमा अदालतले गरेको फैसलापछि गान्धीले सांसद पद समेत गुमाएका थिए । दुईवर्ष जेल सजाय तोकिएपनि तल्लो अदालतले गान्धीलाई अपिलका लागि धरौटीमा रिहा गरेको थियो । उच्च अदालतले अपिल खारेज गरिदिएपछि गान्धी अब सर्वोच्च अदालत जाने तयारीमा छन् । सर्वोच्चबाट उनले सफाइ नपाए आगामी वर्ष हुने आम चुनावमा सहभागी हुन पाउने छैनन् । राहुल गान्धीको अपिल खारेज गर्दै गुजरात उच्च अदालतका न्यायाधीश हेमन्त प्रच्छकले उनीविरुद्ध कम्तीमा १० आपराधिक मुद्दाहरू विचाराधीन भएको बताए ।
अहिलेको मुद्दा पछि राहुल गान्धीविरुद्ध अरू पनि मुद्दा दायर गरिएको छ । यीमध्ये एक मुद्दा वीर सावरकरका नातिले पनि दायर गरेका छन् । न्यायाधीश हेमन्त प्रच्छकले राहुल गान्धीलाई दोषी ठहर गर्ने निर्णय उनीमाथिको अन्याय भन्न नमिल्ने बताएका छन् । उनले यो निर्णय पूर्णतया जायज भएको बताए । उनले यो आदेशमा हस्तक्षेप गर्न आवश्यक नरहेको भन्दै निवेदन खारेज गरिएको बताए ।
गुजरातमा भाजपा नेता पूर्णेश मोदीले बयानका लागि सूरत अदालतमा मुद्दा दर्ता गरेका थिए । मार्च २०२३ मा, सुरतको अदालतले राहुल गान्धीलाई मुद्दामा दोषी ठहर ग¥यो र उनलाई अधिकतम दुई वर्षको सजाय सुनाएपछि लोकसभा सचिवालयले राहुल गान्धीलाई सांसद पदबाट अयोग्य ठहर गरेको थियो । यस विषयमा राहुल गान्धी अदालत समेत पुगेका थिए ।
के भनेका थिए राहुल गान्धीले ?
सन् २०१९ मा कर्नाटकको चुनावीसभालाई सम्बोधन गर्दै गान्धीले भनेका थिए–‘किन सबै चोरहरूको थर मोदी छ ? निरभ मोदी, ललित मोदी, नरेन्द्र मोदी ।’ निरभ मोदी विवादित व्यापारी हुन् । उनी हिराको व्यापार गर्छन् । ललित मोदीलाई भारतीय क्रिकेट बोर्डले जिन्दगीभर क्रिकेटमा प्रतिबन्ध लगाएको छ । उनी आईपीएलका प्रमुख थिए । मोदी थरलाई जोडेर नकारात्मक टिप्पणी गरेको भन्दै पुर्नेस मोदीले गान्धीविरूद्ध मुद्दा दर्ता गरेका थिए ।
पुर्नेसले गान्धीको टिप्पणीले सम्पूर्ण मोदी समुदायको मानहानी भएको भन्दै मुद्दा दर्ता गरेका थिए । तर गान्धीले भने आफूले भ्रष्टाचार गर्नेहरूतर्फ मात्र इंगित गर्दै टिप्पणी गरेको र समग्र मोदी जातको अपमान गर्ने ध्येय आफ्नो नरहेको दाबी गरेका थिए ।भारतीय कांग्रेसले सत्तारुढ भारतीय जनता पार्टीले आफूमाथि प्रतिशोध साँधेको आरोप लगाउँदै आएको छ । भाजपाले भने आरोप अस्वीकार गर्दै न्यायिक प्रक्रियाको पालना गरेको जिकिर गर्दै आएको छ ।
क्याटेगोरी : राजनीति, विदेश, समाचार
ट्याग : #राहुल गान्धी
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्