Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

राजनीतिक दलका नेताहरुमाथि काठमाडौंका मेयर बालेन साहको निरन्तर प्रहार !


काठमाडौं । देशभरका ७ सय ५३ स्थानीय तहका जनप्रतिनिधिमध्ये सबैभन्दा लोकप्रिय जनप्रतिनिधि तथा काठमाडौं महानगरकामेयर बालेन शाह पछिल्लो समय आक्रामक बन्दै गएका छन् । काठमाडाँै महानगरलाई संसारकै उत्कृष्ट महानगर बनाउने भन्दै लागि परेका मेयर बालेन जनमुखी काम गर्दा कसैको साथ नपाएको भन्दै नेताहरुको चर्काे आलोचनामा उत्रिएका छन् ।

काठमाडाँ महानगरभित्र आफूले चाहेअनुसार काम गर्न नदिएको भन्दै सरकार, अदालत र दलका नेताहरुमाथि बालेनले निरन्तर प्रहार गरिरहेका छन् । सोहि क्रममा बालेनले सोमबारप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विबादित अभिब्यक्तिलाई लिएर टिप्पणी गरेका छन् । मेयर बालेनले सबै नेताहरुलाई मरेको लाश भन्दै आफू मात्रै देशको सच्चा सपत भएको दावी गरेका छन् ।

मेयर बालेनले सामाजिक संजाल फेसबुकमा प्रधानमन्त्री प्रचण्डको अभिब्यक्ति बारे लेखेका छन्, “हामीलाई प्रचण्डज्यूभन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरु माथि शंका लाग्यो । दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा । भारतीय गुलामहरुले देश चलाउदैछ र म मात्र बिरोधमा ? र, म मात्र अदालतको अवहेलनामा ? सबैजना मरेका लाशहरु हुन् ?”बालेनको यस्तो टिप्पणीले यतिबेला समाजिक संजालमा हलचल पैदा गरिरहेको छ ।

बालेनको यस्तो टिप्पणी आउनुअघि प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार सरदार प्रितम सिंहको कृति सार्वजनिका कार्यक्रममा बोल्दै नेपालको प्रधानमन्त्री दिल्लीले छान्ने गरेको अभिब्यक्ति दिएका थिए । त्यसपछिप्रचण्डको टिप्पणी बारे विभिन्न टिकाटिप्पणी भइरहेको छ । त्यसो त जनसरोकारका हरेक विषयमा चासो राख्ने र जनमुखी काममा अग्रसर हुने गरेका मेयर बालेनले एकपछि अर्काे राम्रो काम गरिरहेका छन् ।

काठमाडौं को मेयर बनेपछि बालेनले महानगरभित्रका अनाधिकृत संरचनामा डोजर चलाउने, फुटपाथ हटाउनेदेखि हराभरा काठमाडौ बनाउने सम्मको जनचाहनाअनुसारको काम गरेका छन् । विशेषगरी पछिल्लो समय शिक्षा क्षेत्रको विकासका लागि कम्मर कसेर लागेका बालेन निरन्तर विद्यार्थीको हकहितका निर्णय गरिरहेका छन् । यी र यस्ता कामले मेयर बालेन आमसर्वसधारण जनताको मनमा बस्न सफल भएका छन् ।

यसअघि मेयर बालेनस्थानीय तहको चुनावमा शिर्ष राजनीतिक दलका बलीय उम्मेदवारलाई भारी मतान्तरले पराजित गर्दे स्वतन्त्र रुपमा बाजी मारेका थिए । त्यसयता स्वतन्त्र मेयरको पावर देखाइरहेका बालेनले जनमानसबाट चौतर्फी चर्चा बटुलिरहेका छन् । तथापी बालेनले बेला बेला गर्ने गरेको भद्दा टिप्पणीलाई लिएर आलोचित समेत हुने गरेका छन् । तरपनि औसतमा अहिलेकासबै जनप्रतिनिधि मध्यका एक मेयर बालेनले जनमुखी काम गरेर चर्चा नाम र चर्चा कमाइरहेका छन् ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #मेयर बालेन, #राजनीतिक दल, #साहको निरन्तर प्रहार

तपाईको कमेन्ट लेख्नुहोस्