प्रचण्ड,देउवा र ओलीबीचको सहमति आधा घण्टामै कसरी भाँडियो ?

काठमाडौं । निरन्तरको संसद अवरोध हटाउन आइतबार दिउँसो करिव एक घण्टा सिंहदरबारमा तीन दलका शिर्ष नेता छलफलमा जुटे । प्रधानमन्त्री पुष्पकम दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको छलफलमा दुई वटा सहमति जुट्यो । एउटा प्रधानमन्त्री प्रचण्डले आफ्नो अभिब्यक्तीबारे संसदमा प्रष्टिकरण दिने र अर्को एमालेले गरिरहेको संसद अवरोध हटाउने । यहि सहमतिका आधारमा प्रधानमन्त्रीले सभामुख देवराज घिमिरेलाई टेलिफोनमै प्रतिनिधिसभा बैठक २ घण्टा सारिदिन आग्रह गरे ।
सभामुख घिमिरलेले पनि १ बजेको बैठक ३ बजे सारिदिए । सिंहदरबारको बैठकबाट निष्किदा केही प्रतिक्रिया नदिएपनि अन्य नेताबाट संसदको अवरोध हटेको सूचना बाहिरिसकेको थियो । तर, अव संसद बैठक सुरु होला भन्ने बेला स्थगितको सूचना टाँसियो । एमाले अध्यक्ष ओली बैठकबाट बाहिरिएको आधा घण्टामै सहमतिबाट पछि हटेका छन् ।
संसद सुचारु गर्ने निर्णयबाट पछि हट्दै ओलीको अरु शर्त अघि सारेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यलाई हटाउनुपर्ने र गृहमन्त्री नारायणकाजी श्रेष्ठले माफी माग्नुपर्ने शर्त ओलीले अघि सारेका छन् । असार २१ गते प्रधानमन्त्री प्रचण्डको बचाउ गर्दै ओलीलाई विभिन्न आरोप लगाएर आचार्यले विज्ञप्ती प्रकाशित गरेका थिए । सोही आरोप फिर्ता लिनुपर्ने एमालेको माग छ । प्रचण्ड र देउवासँग जनाएको सहमतिलाई एमाले सांसदहरुले नमान्दा ओली ब्याक भएका छन् ।
कांग्रेस भने प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु दुवै गल्ती भएको बताइरहेको छ । प्रधानमन्त्रीले संसद, सांसदहरु र नागरिकको आत्मसम्मानमा असर पु¥याउनेगरी बोल्न नमिल्ने र प्रतिपक्ष एमालेले पनि प्रधानमन्त्रीको राजीनामा माग्नु बेठिक भएको भन्दै दुबै सच्चिनुपर्ने कांग्रेसको सुझाव छ । तीन दलको सहमति र भाँडिएको निर्णयलाई संसदको चौथो दलले आपत्ति जनाएको छ । तीन दलको मात्रै संसद नभएको भन्दै बन्धक नबनाउन चेतावनी दिएको छ ।
नेकपा माओवादी केन्द्र भने एमालेले बिद्यायिकी थलोलाई बन्धक बनाउन खोजेको आरोप लगाएको छ । प्राबिधिक र भावनात्मक सामान्य बिषयलाई गलत रुपमा उचालेको उसको ठहर छ । विवाद मिलाउन बाहिर छलफल होइन संसदमै बहस हुनुपर्ने जसपा बताउछ । सत्ता घटक जसपा संसद अवरुद्ध गरेर समस्या हल नहुने पक्षमा छ । एमालेले थपेको अर्को शर्तले प्रधानमन्त्री प्रचण्डलाई समस्यामा पारेको छ । बल्ल तल्ल तीन नेताबीच छलफल गर्ने वातावरण बनेपनि भएको भनिएको सहमति आधा घण्टामै भाँडिएपछि तत्काल संसद चल्ने सम्भावना कम छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #आधा घण्टामै कसरी भाँडियो, #प्रधानमन्त्री प्रचण्ड, #संसद अवरोध
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्