प्रचण्डले माफी मागेपछि खुल्यो संसदको अवरोध, रविले दिए सुझावै–सुझाव

काठमाडौं । संसदको गतिरोध अन्त्य भएको छ । प्रधानमन्त्रीको राजीनामा माग्दै नेकपा एमालेले गरिरहेको अवरोध प्रधानमन्त्रीले स्पष्टिकरण दिने सहमति जुटेसँगै गतिरोध हटेको हो । सोमबारको प्रतिनिधिसभाको बैठकमा समेत एमाले र राप्रपाले प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका थिए ।
जवाफमा प्रधानमन्त्री दाहालले विपक्षीले राजीनामा मागेकै भरमा राजीनामा दिनुनपर्ने बताए । उनले आफुलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह भारत गएको विषयमा बोलेको अभिव्यक्ती प्रधानमन्त्रीको हैसियतमा बोल्न नहुने महशुश गरेको बताए । तर त्यसबारेमा संसदमा स्पष्टिकरण दिन खोज्दा संसद अवरुद्ध गरेकोमा भने एमाले लगातका दलको आलोचना गरेका छन् ।
भावनामा आएर बोलेको विषयमा प्रतिपक्षी दलहरुले धेरै उचालेर संसद अवरोध गरेको प्रधानमन्त्री दाहालको भनाई थियो । उनले आफुले बोलेको अभिव्यक्ती सच्याउँदै देश र जनताका पक्षमा काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीको स्पष्टिकरणपछि प्रतिनिधिसभाको अवरोध हटेको छ । यता एमालेसँग मिलेर संसद अवरोधको आरोप खेपिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो छुट्टै हैसियत रहेको समेत बताएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #प्रधानमन्त्री, #प्रधानमन्त्रीको राजीनामा
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्