कांग्रेस सभापति देउवाले भने केन्द्रीय समिति बैठक लाइभ गरौं !

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक एकवर्षपछी मंगलबार बस्दैछ । असार २७ गते बस्ने भनिएको बैठक प्रधानमन्त्री पत्नी सीता दाहालको निधनपछि साउन २ गतेका लागि सारिएको थियो । एक बर्षपछी बस्न लागेको बैठकमा पार्टीको अबको कार्यदिशा र भावी योजनाका बारेमा छलफल हुने बताइएको छ ।
केन्द्रिय समितिको बैठकअघि सोमबार सभापति शेरबहादुर देउवाले पार्टीका बर्तमान पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गरेका छन् । छलफलका क्रममा सभापति देउवाले केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रशारण गर्ने प्रस्ताव अघि सारेका छन् । नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक मंगलबार केन्द्रिय कार्यालय सानेपामा बस्दैछ ।
केन्द्रिय समितिको बैठकअघि सोमबार सभापति शेरबहादुर देउवाले पार्टिका बर्तमान तथा पुर्ब पदाधिकारीसँग छलफल गरेका छन । पदाधिकारी र पुर्बपदाधिकारीसँगको बैठकमा केन्द्रीय समितिको बैठकमा पेस गर्ने एजेन्डाबारे छलफल भएको बताइएको छ । त्यसक्रममा केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रशारण गर्ने एजेण्डा समेत सभापति देउवाले अघि सारेको पूर्वमहामन्त्री डा. शशांक कोइरालाले जानकारी दिए ।
नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक १ वर्षपछी बस्न लागेको हो । पछिल्लो पटक गत वर्ष साउन २ गते नै अन्तिम पटक कांग्रेसको केन्द्रिय समिति बैठक बसेको थियो । त्यसको ठिक एक बर्षपछी यसबर्ष पनी साउन २ गते नै कांग्रेसको केन्द्रिय समिति बैठक बस्न लागेको हो । महामन्त्रीद्वय गगन थापा र बिश्वप्रकाश शर्माले कार्यसम्पादन समितिबाट भएका निर्णयको अनुमोदन, पार्टी सदस्यता, अनुशासन सम्बन्धी विषय, नीति महाधिवेशनको तिथिमिति, समसामयिक राजनीति लगायतका एजेन्डा बनाएका छन् ।
यस्तै पार्टीका प्रभावशाली नेता बालकृष्ण खाँण मुछिएको नक्कली शरणार्थी प्रकरणको विषयलाई केन्द्रीय कार्यसमिति बैठकको एजेण्डा बनाउने कि, नबनाउने भन्नेमा कांग्रेसभित्र मतभेद छ । केन्द्रिय समितिको बैठकअघि गतहप्ता केन्द्रिय कार्यालय सानेपामा महामन्त्रीद्वय थापा र शर्माले पार्टीका जिल्ला सभापतिहरुको भेला बोलाएका थिए । भेलामा जिल्ला सभापति र प्रतिनिधिहरुको उपस्थिती थियो । उक्त बैठकमा उठेका बिषयहरुमाथी पनी केन्द्रिय समिति बैठकमा छलफल हुने बताइएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #केन्द्रीय समिति बैठक लाइभ गरौं, #नेपाली कांग्रेस, #सभापति देउवा
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्