Techie IT
  • ५ वैशाख २०८२, शुक्रबार
KhojPatrika

इजरायलमा न्यायिक व्यवस्था बदल्ने विधेयक पारित, सरकारका बिरुद्ध नागरिकको प्रर्दशन


काठमाडौं । इजरायलमा नागरिकको विरोधबीच न्यायिक व्यवस्था बदल्ने विधेयक पारित भएको छ । सोमबार इजरायली संसद्ले उक्त विधेयक पारित गरेको हो । विपक्षी दलले भने मतदान बहिष्कार गरेका थिए । इजरायलमा यसअघि सरकारको कुनै निर्णय अनुचित लागेमा सर्वोच्च अदालतले उल्टाउन सक्ने व्यवस्था थियो । नयाँ कानुनमार्फत सर्वोच्च अदालतको उक्त अधिकार कटौती गरिएको हो । न्यायिक व्यवस्थासम्बन्धी यस्ता थुप्रै परिवर्तन नयाँ कानुनमा गरिएको छ ।

सरकारले विधेयक पारित गर्ने क्रममा विपक्षीलाई सहमतिमा ल्याउने प्रयास गरेपनि असफल भएको थियो । इजरायलको सरकारले नयाँ कानुनबाट अब ‘शक्ति असन्तुलन’ हट्ने दाबी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । पछिल्लो समय अदालतले राजनीतिक मुद्दामामिलामा बढी दख्खल दिएको पनि सरकारको आरोप छ । न्यायिक व्यवस्था बदल्ने सरकारको कदमविरुद्ध नागरिकले व्यापक विरोध प्रदर्शन गरेका थिए ।

विधेयकको विरोधमा केही दिनयता इजरायलमा हजारौंले प्रदर्शन गर्दै आएका थिए भने हजारौं प्रदर्शनकारी राजधानी तेल अभिभबाट चार दिनको यात्रा गरेर शनिबार संसद् रहेको जेरुसेलम सहरमा आएका थिए । सोमबार विधेयक पारित गर्नुअघि पनि संसदघि ठूलो प्रदर्शन भएको थियो, जसलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले पानीको फोहरा प्रयोग गर्नुपरेको थियो ।

मंगलबार पनि दशौं हजार इजरायलीले बेन्जामिन नेतन्याहु सरकारको न्यायपालिका सुधार योजनाविरुद्ध प्रदर्शन गरेका छन् । सर्वोच्च अदालतलाई नियन्त्रणमा राख्ने प्रावधानबिरुद्ध २० सातादेखि विरोध भइरहेको छ । सरकारले नै सर्वोच्च अदालतको न्यायाधीशहरु नियुक्ति गर्ने, संसदले अदालती फैसलालाई उल्टाउने अधिकारलगायत विषय सुधार योजनामा छ । विधेयक पारित भएसँगै इजरायलको बेन्जामिन नेतान्याहु सरकारले सोमबार ठूलो राजनीतिक विजय हासिल गरेको छ ।

विधेयक पारित भएपछि देशको कुनै पनि अदालतले सरकार वा कुनै पनि मन्त्रीले दिएको आदेशलाई प्रतिबन्ध लगाउन सक्ने छैन । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार न्यायिक सुधार लामो प्रक्रिया हो र यसमा धेरै विधेयकहरू पारित गर्नुपर्ने हुन्छ । सोमबार मात्रै एउटा विधेयक पारित भएको छ । दोस्रो, विधेयकमा केही परिमार्जन गरिएको छ । अब सरकारका निर्णयहरूलाई अदालतले रोक्न सक्दैन तर सरकारले आफ्नो इच्छा लागू गर्न सक्ने अवस्था पनि होइन । प्रत्येक आदेशको पछाडि कारणहरू मात्र दिनु पर्दैन, तर तिनीहरू प्रमाणित पनि गर्नु पर्नेछ ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विदेश
ट्याग : #इजरायलमा न्यायिक

तपाईको कमेन्ट लेख्नुहोस्