Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

सत्तागठबन्धनमा खटपट, गौर हत्याकाण्ड र सुनील शर्मा प्रकरणले प्रचण्ड सरकार निर्णयमा आपत्ति !


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार संकटमा पर्न लागेको आकलन भएको छ । सत्तारुढ गठबन्धन भित्रकै नेताहरु धमाधम प्रक्राउ पर्न थालेपछि असन्तुष्टि समेत बढेको छ । गौर हत्याकाण्डमा सत्तागठबन्धनका नेता उपेन्द्र यादवको नाम मुछिनु र कांग्रेस सांसद सुनील शर्मा प्रक्राउ पर्नाले गठबन्धन भित्र विवाद चर्किन थालेको चर्चा राजनीतिक बृतमा हुन थालेको छ । सत्तारुढ गठबन्धन भित्र खटपट सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार र हत्याकाण्डका फाइल खोल्दा सत्ता गठबन्धन भित्रका नेताहरुको नाम मुछिन थालेपछि खटपट सुरु भएको हो ।

पछिल्लो राजनीतिक घटनाक्रम अनुसार सरकारले टेवल गरेको गौर हत्याकाण्डमा सत्ता गठबन्धनका शिर्ष नेता उपेन्द्र यादवको नाम अगाडी आएपछि जसपा प्रचण्डको कार्यशैली प्रति असन्तुष्ट बनीरहेको छ । गौर हत्याकाण्डकै फाइल अघि वढेको खण्डमा जसपाले सरकारको साथ छाड्न सक्ने आंकलन पनि हुन थालेको छ । १७ बर्ष अघि रौतहटमा भएको गौर हत्याकाण्डमा माओवादीका २७ जना नेता तथा कार्यकर्ताको हत्या भएको थियो । जसमा अहिलेको जनता समाजवादी पार्टी अर्थात् उतिबेलाको मधेशी जनअधिकार फोरम र माओवादी विच भिडन्त भएको थियो । उक्त फाइल अगाडी बढेपछि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री प्रचण्डसंग रुष्ट हुन थालेका छन ।

यता स्वयम प्रधानमन्त्री दाहाल भने जसपा सरकारबाट बाहिरिएको खण्डमा के गर्ने भनेर संसदको संख्याको जोड घटाउमा लागेको वुझिएको छ ।जसपाको १४ जना सांसद रहेका छन । तर,यति जसपाले साथ छोडेको खण्डमा प्रधानमन्त्री भने रास्वपालाइ सरकारलाइ भित्रयाउने भित्रि खेलमा लागेको वताइन्छ । यो सुइको पाएको जसपा यसपछि केही मलिन भएको छ । यता सत्तारुढ गठबन्धन भित्रको शिर्ष दल नेपाली कांग्रेसका सांसद सुनिल शर्मा विहिबार पक्राउ परेका छन् ।

नक्कली शैक्षिक प्रमाणपत्र अनुसन्धानका लागि भन्दै सरकारको निर्देशनमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइवीले उनलाई प्रक्राउ गरेको हो । जवकी उनै शर्माले सय किलो सुन तस्करी प्रकरणमा संसद बैठक र संसद बाहिर गहृमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको संलग्नता रहेको भन्दै राजीनामा मागेका थिए । त्यसलगत्तै सांसद शर्मा पक्राउ पर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

कांग्रेस भित्रको संस्थापन इतर समुहमा रहेका शर्मा पक्राउ परेपछि संस्थापन इतरका प्रमुख नेता शेखर कोइराला र गगन थापाले पार्टी सभापति शेरवहादुर देउवालाइ दवाव दिन थालेका छन । अर्थमन्त्री डा.प्रकाशशरण महतको समेत शर्माले राजीनामा मागेको हुनाले यहि रिस फेर्न उनलाइ पुरानो मुद्धा वल्झाएर पक्राउ गराइएको आशंका संस्थापनइतर समुहलाइ छ । सरकारको मद्धतमा संस्थापनइतर समुहलाइ तह लगाउने दाउमा देउवा समुहलागेको शेखर–गगन समुहलाइ लागेको छ ।

उता संसदको प्रमुख प्रतिपक्षले साउन १० देखि निरन्तर संसद अवरोध गरिरेको छ । सत्ता राजनीतिमा केन्द्रदेखि प्रदेशसम्म पाखा परेको एमाले संसद अवरोधको बाटोबाट गठवन्धन भत्काउने र सरकारमा फर्किने गुप्त योजनामा छ । यतिबेलै सत्तागठबन्धन भित्र चुलिएको असन्तुष्टिलाई उपयोग गर्दै एमाले सत्ता राजनीतिमा फर्कन चाहन्छ । प्रतिपक्षको संसद अवरोध र गठबन्धन भित्रको असन्तुष्टिले सत्तागठबन्धन संकटको बाटोमा यात्रा गरिरहेको आशंका गरिएको छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, #सत्तारुढ गठबन्धन, #सरकार संकटमा

तपाईको कमेन्ट लेख्नुहोस्