Techie IT
  • २३ माघ २०८१, बुधबार
KhojPatrika

कोशीको विवादले प्रदेश संरचनामाथि नै प्रश्न, जनतामा बढ्दैछ दिक्दारी


काठमाडौं । नेपालमा संघियता खारेज गर्नुपर्छ भन्ने पक्षहरुको आवाज चर्को हुदै गईरहेका बेला कोशी प्रदेशमा देखिएको राजनीनितिक संकटले प्रदेश संरचनामाथि नै प्रश्न उठ्न थालेको छ । कुनै पनि दलको स्पष्ट बहुमत नहुँदा कोशीमा सरकार गठनमै सकस छ । त्यसमाथी अहिलेको सत्तारुढ गठबन्धनले पटक पटक संबिधान कुल्चिदा जनतामा प्रदेश संरचना माथी बितृष्णा बढ्न थालेको देखिन्छ । कोशी प्रदेशमा देखिएको सत्ता विवादले प्रदेश संरचनामाथी प्रश्न उठेको छ ।

सत्तारुढ गठबन्धन र बिपक्षी गठबन्धनको सत्ता तानातानले कोशी प्रदेशमा होईन समग्र प्रदेश संरचनामाथी नै औला उठ्न थालेको छ । प्रतिपक्षी एमालेका हिक्मतकुमार कार्की र सत्तापक्ष नेपाली कांग्रेसका उद्धब थापाबिच मुख्यमन्त्रीमा देखिएको विवादले कोशीसँगै अन्य ६ प्रदेशमाथी पनि जनताले अबिश्वास गर्ने आधार बनेको छ । जसरी पनी मुख्यमन्त्री पद हत्याउन कांग्रेससहित कोशीको सत्तारुढ गठबन्धनले संंबिधान कुल्चेको छ । सत्ता गठबन्धनको यस्तो हर्कतबाट प्रमुख प्रतिपक्षी दल नेकपा एमाले असन्तुष्ट छ ।

एमालेले आफनो पार्टीका संसदिय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउने लबिङ नै सुरु गरेको छ । उद्धब थापाको सरकारलाई मान्यता नदिन र आफुलाई मुख्यमन्त्री बनाउन स्वयम कार्की नै सर्वोच्च पुगेपछि सर्वोच्चले समेत दीर्घकालिन निर्णय नगर्न र भदौ १५ गतेसम्म लिखित जवाफ पेश गर्न कोशी प्रदेश सरकारलाई आदेश दिइसकेको छ ।

यता एमालेले अब आफ्नै नेतृत्वमा बहुमतको सरकार गठन हुने बताईरहेको छ । बिश्वासको मत लिने दिन प्रदेशसभाको सञ्चालन गरीरहेका कांग्रेस सांसद इस्राईल मन्सुरीले मुख्यमन्त्री थापालाई बिश्वासको मत दिएपछी अहिले कोशीमा संकट देखिएको हो । सर्वोच्च अदालतले कामचलाउ हुनेगरी कोशी प्रदेश सरकारका नाममा आदेश दिएको छ । कोशीमा संबिधान मिचिएको सर्वोच्चको ठहर छ । कोशीमा देखिएको विवादले अहिले सत्ता गठबनधनमै पनी खटपट देखिन थालेको छ ।

सत्तारुढ दल एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कोशीमा सत्तारुढ गठबन्धनले संबिधान मिचेको अभिब्यक्ती दिएका छन । अहिले कोशी प्रदेश सरकारमा विवाद देखिएका बेला मधेश प्रदेश सरकारले समेत अहिलेसम्म पुर्णता पाउन सकेको छैन । सरकारमा सहभागी दलहरुका बिचमा मन्त्रालय भागबण्डामा कुरा नमिल्दा मधेश प्रदेश सरकार समेत अलमलमा देखिएको छ । अन्य प्रदेशमा समेत सत्ताको हानाथापले प्रदेश संरचनामाथि नै प्रश्न उठ्न थालेको छ ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #कोशीको विवाद

तपाईको कमेन्ट लेख्नुहोस्