रुसी सेनामा करिब तीन लाख नयाँ भर्ती, स्वयंसेवक लडाकु आकर्षित गर्न व्यापक प्रचार-प्रसार

काठमाडौं । आठ महिनाको अवधिमा रुसी सेनामा करिब तीन लाख नयाँ सैनिक भर्ती भएका छन् । रुसका पूर्वराष्ट्रपति दिमित्री मेदभदेवले बितेका आठ महिनामा रूसी सेनामा दुई लाख ८० हजार मानिसलाई भर्ती गरिएको जानकारी दिएका हुन् । रूसी सेनाले अनलाइन र रूस सडकहरूमा व्यापक विज्ञापन निकालेर स्वयंसेवक भर्ती गर्न ठूलो प्रचार अभियान पनि सञ्चालन गरेको छ । पछिल्लो आठ महिनामा रुसी सेनामा करिब तीन लाख नयाँ सैनिक भर्ती भएका छन् ।
रुसका पूर्वराष्ट्रपति तथा सुरक्षा परिषद्का अध्यक्ष दिमित्री मेदभदेवले बितेका आठ महिनामा रूसी सेनामा दुई लाख ८० हजार मानिसलाई भर्ती गरिएको दाबी गरेका हुन् । सुदूरपूर्वी टापु सखालिनको भ्रमणमा रहेका पूर्वराष्ट्रपतिले आइतबार उक्त जानकारी गराएका हुन् । युक्रेनसँगको आक्रामक कारबाही १९ औँ महिनामा चलिरेहेका बेला धेरैभन्दा धेरै पुरुषलाई सेनामा आकर्षित गर्ने प्रयास भएको उनले बताएका छन् । उनका अनुसार केही स्वयंसेवक र जगेडामा रहेका सैनिकलाई मैदानमा परिचालन गरिएको छ ।
रूसी सेनाले अनलाइन र रूस सडकहरूमा व्यापक विज्ञापन निकालेर स्वयंसेवक भर्ती गर्न ठूलो प्रचार अभियान पनि सञ्चालन गरेको छ । सन् २००८ देखि २०१२ सम्म रुसको नेतृत्व गरेका मेदभदेवले युक्रेन आक्रमणको समर्थन गर्दै आएका छन् । रुसले युक्रेनमा लड्न थप सेना पठाउनको लागि विवादास्पद परिचालन अभियानलाई औपचारिक रुपमा अन्त्य गरिरहको घोषणा गरेको छ ।
रसियाका रक्षामन्त्री सर्गेइ शोइगुले राष्ट्रपति भ्लादिमिर पुटिनलाई सैन्य अभियानका लागि सेनाले करिब तिन लाख थप सेनाको लक्ष्यमा पुगेको जानकारी दिएका छन् । यता अमेरिकाले भने रुसविरुद्ध लड्नका लागि युक्रेनलाई पहिलोपटक डिप्लिटेड युरेनियम हतियार सहयोग गर्ने भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अमेरिकी यो हतियारले रुसी ट्यांक ध्वस्त पार्न सहयोग मिल्नेछ । अमेरिकाले यही हप्ता डिप्लिटेड युरेनियम हतियार युक्रेनलाई सहयोग गर्ने अपेक्षा गरिएको छ ।
अमेरिकाले युक्रेनलाई ३७५ मिलियन डलरको हतियार सहयोग गर्दै छ । यो सहयोग प्याकेजमा नयाँ हतियार समावेश हुनेछ । युरेनियमबाट बनेका हतियारलाई प्रतिबन्ध लगाउने संस्था इन्टरनेसनल कोलिसनका अनुसार डिप्लिटेड युरेनियम हतियारलाई परमाणु हतियारको श्रेणीमा राखिँदैन । अमेरिकाले युक्रेनलाई दिन लागेको डिप्लिटेड युरेनियम हतियारमा भने युरेनियमको मात्रा कम हुन्छ । यद्यपि, यसमा कमै भए पनि युरेनियमको हिस्सा भएकाले यो हतियार विवादित मानिन्छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, विदेश, समाचार
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्