Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

कर्णालीका मुख्यमन्त्री राजकुमारले भने ऐन, कानुन माफियाले बनाउछन् कि जस्तो लाग्छ !


काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले ऐन, कानुन माफियाले बनाउछन् कि जस्तो आफूलाई लागेको बताएका छन् । नेपाल पत्रकार महासंघ रुकुम शाखाले विहिबार मुसिकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री शर्माले काम गर्न असहज भएको भन्दै ऐन, कानुन निर्माण नै माफियाले गर्छन् कि भन्ने आफूलाई लागिरहेको बताएका हुन् ।

जिल्लाका बिभिन्न स्थानमा बन्न लागेका पुलहरु र विकास निर्माण किन अलपत्र परे भन्ने पत्रकारहरुको प्रश्नमा मुख्यमन्त्री शर्माले सार्वजनिक खरिद ऐन ठेकेदारले, भूमि सम्बन्धि नीति भू–माफिया, स्वास्थ्य सम्बन्धि नीति मेडिकल माफिया र शिक्षा नीति शैक्षिक माफियाले त बनाउदैन हँ भन्दै आफूलाई त्यस्तै लागिरहेको जिकिर गरे ।

विकास निर्माणमा असहयोग गरेको भन्दै मुख्यमन्त्री शर्माले चौरजहारीको पुल, मध्यपहाडी पुल, मेघाको पुल, तल्लुको पुल, गाराघाँट, पितिबाङको पुल ठेकेदार कम्पनीले काम नगरेको भन्दै गुनासो गरे । जिल्लाका बिभिन्न स्थानमा सडक र पुल, पूर्वाधार निर्माणमा ठेकेदार कम्पनीले बद्मासी गरेको भन्दै मुख्यमन्त्री शर्माले आक्रोश पोखे ।

जिल्लामा बिद्युत विस्तारका पोल र तार बनाइएको तर, पोल नै बाङ्गीदा बत्ति बाल्न नसकिएको स्वीकार गरे । विगत भन्दा धेरै काम जिल्लामा भएको भन्दै उनीले केही नभएको भन्ने हल्ला झुटो भएको दाबी गरे । कसैले काम धेरै भयो भन्ने र नभएका काम नदेख्ने अनि कसैले केही पनि भएन भन्ने र काम भएको नदेख्ने प्रबृत्ति हटाउनुपर्ने मुख्यमन्त्री शर्माको भनाई छ ।

राजनीतिक अस्थिरताका कारण आफूले तीन पटक विश्वासको मत लिनु परेको भन्दै उनले कर्णालीका लागि धेरै काम गर्नुपर्ने बताए । उनले कर्णाली प्रदेश सुनको डल्लो भएको भन्दै सुन बनाएर विकासमा फड्को मार्नुपर्ने उल्लेख गरे ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #कर्णाली प्रदेश, #मुख्यमन्त्री राजकुमार शर्मा, #राजकुमार शर्मा

तपाईको कमेन्ट लेख्नुहोस्