विश्वासघातको आरोपमा अभिनेता अनमोल केसी पक्राउ

काठमाडौं । अभिनेता अनमोल केसी भक्तपुरको साँगाबाट पक्राउ परेका छने । आपराधिक विश्वासघात अन्तर्गतको कसुरमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । चलचित्र ‘रावायण’मा खेल्नका लागि केसीले १० लाख रुपैयाँ लिएपनि सम्झौता नगरेको र छायाङ्कनमा पनि नआएको भनी निर्माताले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको हो ।
केसीविरुद्ध निर्माता चन्द्रकला कटवाल थापाले जाहेरी दिएकी थिइन्। सहमतिका लागि बोलाउँदा समेत नआएर ‘प्रहरीले सकेको गरोस्’ भन्ने प्रतिक्रिया दिएपछि केसीलाई पक्राउ गरी अनुसन्धान थालिएको बताइएको छ । प्राप्त विवरणमा केसीसहित चलचित्रका अन्य कलाकार समेतले गरेर निर्माताहरूबाट एक करोड १५ लाख लिएको पाइएको छ। उनीहरूका विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
त्यस्तै, अभिनेता अनमोल केसीले पक्राउ पर्नु दुई दिनअघि नै अदालतबाट निषेधाज्ञाको आदेश लिएको खुलेको छ । उच्च अदालत, पाटनले बुधबार ‘देवानी लेनदेन वा देवानी दायित्वका विषयमा प्रहरीको क्षेत्राधिकार नहुने भएको’ भन्दै पक्राउ नगर्न आदेश दिएको खुलेको हो ।
उच्च अदालतका कायम मुकायम मुख्य न्यायाधीश महेश शर्मा पौडेलको इजलासले गरेको आदेशमा भनिएको छ, ‘‘प्रचलित कानून बमोजिम फौजदारी कसूरमा अनुसन्धान गर्दा बाधा नपर्ने गरी देवानी दायित्वका विषयमा यी निवेदकलाई प्रस्तुत निवेदन अन्तिम टुंगो नलागेसम्म पक्राउ नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरिदिएको छ ।’निवेदनमा जिल्ला प्रहरी परिसर, टेकुलाई विपक्षी बनाइएको छ ।
क्याटेगोरी : जनगुनासो, जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #अभिनेता अनमोल केसी, #चन्द्रकला कटवाल थापाले, #साँगाबाट पक्राउ
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्