मन्त्रीमण्डल फेरबदल गर्ने कसरतमा सत्ता गठबन्धन, प्रचण्डलाई कांग्रेसले साथ दिने तयारीमा !

काठमाडौं । तेस्रो पटक प्रधानमन्त्रीको कार्यभार सम्हालेका पुष्पकमल दाहाल प्रचण्डको एक वर्ष पूरा भएसंगै मन्त्रीमण्डल फेरबदल चर्चामा छ । मन्त्रीमण्डल फेरबदलको तयारी गरिरहेको चर्चा चुलिदा प्रधानमन्त्री दाहाल गठबन्धन सरकार भएकाले गठबन्धनमा राम्रो समझदारी गरेर मात्रै निस्कर्षमा पुग्ने तयारी गरिरहेको छ ।
यतिबेला गठबन्धन सरकारको आयु कहिलेसम्म भन्ने अन्योल रहँदा सत्तारुढ दल नेकपा माओवादी केन्द्रले मन्त्रीमण्डल पुनगर्ठन गरी सरकारको काम कारबाही प्रभावकारी बनाउने तयारी गरेको छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले मन्त्रीमण्डल पुनर्गठनको विषय छलफलमै रहेको र अहिले निष्कर्षमा नपुगेको बताएको छ ।
मंगलबार पार्टीको विशेष रुपान्तरण अभियानको समापनका लागि आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता एवं उपाध्यक्ष अग्नि सापकोटाले मन्त्रीमण्डल पुनर्गठन गरी सरकारका कामलाई प्रभावकारी बनाउने योजनामा प्रधानमन्त्री पुष्पकमल दाहाल रहेको बताउँदै गठबन्धन सरकार भएकाले गठबन्धनमा राम्रो समझदारी गरेर मात्रै निस्कर्षमा पुग्ने प्रधानमन्त्रीको तयारी रहेको जानकारी गराए । यता, नयाँ सरकार बनाउनुपर्ने विषय उठाइरहँदा नेपाली कांग्रेसमा भने दुई गुटबीच फरक मत देखिन्छ ।
कांग्रेसमा संस्थापन इतर समूहका नेताहरुले नयाँ सरकार बनाउनुपर्ने माग राख्दा अर्को पक्ष भने कुनै पनि हालतमा सरकार फेरबदल नहुने भन्दै गठबन्धन नभत्किएसम्म प्रधानमन्त्री प्रचण्ड नेतृत्वकै सरकार रहने दाबी गरिरहेको छ । केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न आयोजित आइतबारको पत्रकार सम्मेलनमा कांग्रेसका महामन्त्री गगन थापाले सरकार ढाल्ने चेतावनी दिएको प्रश्नपछि प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले गगन थापा मात्रै नभएर आम जनताले पनि लोकतन्त्रमा सरकार ढाल्छु भन्न पाउने दाबी गरेका थिए ।
शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले प्रधानमन्त्री प्रचण्डले सरकारमा रहेर राम्रो काम गर्न नसके बालुवाटारबाट खुमलटार पठाउने हैसियत काँग्रेससँग भएको चेतावनी दिएका थिए । काँग्रेसले चाहेर नै प्रचण्डलाई प्रधानमन्त्री बनाइएको भन्दै काँग्रेसले नचाहेको दिन प्रधानमन्त्री रही रहन नसक्ने जिकिर गरेका थिए ।
यता शीर्ष दलका नेताहरु राष्ट्रियसभा निर्वाचनको भागबन्डा मिलाउनमा व्यस्त छन् । यस्तो समयमा सत्तारुढ दलका शीर्ष नेताहरुले कुन दलको भागमा कुन मन्त्रालय बाँडफाड गर्लान् वा कुन मन्त्री हटेर को–को नयाँ मन्त्री आउलान् भन्ने आम चासो पनि बढेको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #तेस्रो पटक प्रधानमन्त्री, #नेकपा माओवादी केन्द्र, #प्रधानमन्त्री दाहाल
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्