Techie IT
  • १० वैशाख २०८२, बुधबार
KhojPatrika

रामबहादुर बम्जनको अनौठो धन्दा, साढे ३ करोड घरमा, तीन करोडमा गाडी किन्न तयार !


काठमाडौं । ‘तपस्वी’ रामबहादुर बम्जनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सार्वजनिक गरेको छ । बुधबार आयोजित पत्रकार सम्मेलनबाट सीआईबीले उनलाई सार्वनिक गरेको हो । मंगलबार पक्राउ परेका बम्जनको साथबाट प्रहरीले ३ करोड ३४ लाख ३७ हजार ९०६.७ रुपैयाँ बरामद गरिएको छ । कुनै बेला बारा जिल्लाको घना जंगलबीचमा तपस्या गरेको भनेर चर्चा कमाएका र संसारभर ’लिटिल बुद्ध’ का नामले चिनिएका रामबहादुर बमजनलाई मंगलबार पक्राउ गरेको प्रहरीले बुधबार सार्वजनिक गर्यो ।

चार वर्षको खोजीपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई बुढानिलकण्ठ, हात्तीगौंडास्थित आफ्नै घरबाट पक्राउ गरेको हो । धेरै वर्षदेखि सिन्धुपाल्चोक, बारा, सर्लाही र सिन्धुलीका विभिन्न जंगलभित्र आश्रम खोलेर बस्दै आएका बमजन आफूलाई भगवान भनेर चिनाउँथे । आफूलाई लिटिल बुद्ध बताउने उनै बमजन आफूले गरेका बिभिन्न अपराधिक घटनाका कारण प्रहरीको खोरमा जाकिएका छन् ।

यतिबेला भगवानको वास्तवीक चरीत्र छताछुल्ल भएको छ । जोगीको भेषमा लिटल बुद्व बनेका बमजन प्रहरीको फन्दामा मात्रै परेका छैनन् । उनको घरमा बोरामा राखिएको करोडौं रुपैयाँको चाङ पनि फेला परेको छ । आफुलाई भगवान भनेर चिनाउने उनै बमजनको घरबाट ३ करोड ३४ लाख ३७ हजार ९ सय ६ रुपैयाँ बरामद भएको छ । जसमध्ये २ करोड ३ लाख ७५ हजार ५ सय नेपाली रुपैयाँ र ३० लाख ९२ हजार ४ सय ६ रुपैयाँ बराबरका १७ देशका विदेशमी मुद्रा रहेको प्रहरीले जनाएको छ ।

आफूलाई तपस्वी बताउँदै आएका बम्जन बडेमानको विलासी जीवन बिताउँदै आएको समेत खुलेको छ । यीनिले गरेको कुकर्मकको बारेमा सुन्ने जो कोहीको पनि आङ नै सीरीङ्ग हुन्छ । हत्या, हिंसा व्यक्ति बेपत्ता र बलात्कारका घटनामा यी लिटल बुद्व जोडिएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । बमजनको आश्रमबाट अहिले सम्म आधा दर्जन भन्दा बढी व्यक्ती मारीएका छन् भने र्दजनौं आनीहरु योन शोषणको सीकार भएको आरोप लागेको छ । आफूलाई लिटल बुद्ध बताउने र बाल यौन दुराचार, हत्या र ठगी घटनाको आरोप लागेका रामबहादुर बम्जन महँगो ल्यान्डक्रुजर गाडी चढ्ने तरखरमा भएको समेत खुलेको छ ।

व्यक्तिगत प्रयोजनका लागि मोबाइल मात्रै १४ वटा भेटिएको छ । उनले कमाएको सम्पत्तिको कुनै स्रोत खुलेको भेटिंदैन, जबकि ५ करोडको गाडी किन्नका लागि उनले धुम्बाराहीको एउटा कम्पनीलाई ३ करोड रुपैयाँ एड्भान्स बुझाइसकेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बताएको छ । बाराको हलखोरियामा २०७१ साउनमा आफू बम्जनबाट बलात्कृत भएको भन्दै एक अनुयायीले उजुरी दिएपनि कारबाही चल्न सकेको थिएन । पाँच वर्षपछि २०७६ माघमा बल्ल जिल्ला अदालत सर्लाहीले उनी विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । तर, प्रहरीले पक्राउ गर्न सकेको थिएन ।

शक्तिकेन्द्रहरुलाई प्रभावित पारेर बारा, सिन्धुली लगायत ठाउँमा सार्वजनिक सम्पत्ति ओगटेर रजगज चलाइरहेका उनी केही समययता भूमिगत जस्तै थिए । बम्जनले प्रदेश ३–०१ ०२४ च ६७२९ नम्बरको टोयटा फर्च्युन गाडी चढ्ने गरेका थिए । रामबहादुर बम्जन कम्तीमा दुई महिनादेखि काठमाडौंमा बसिरहेको खुलेको थियो । उनीसँग क्रस फायर, केटीएम ड्युक, यामाहा रे जेडआर स्कुटरलगायत चार वटा मोटरसाइकल पनि रहेको प्रहरीले जानकारी दिएको छ । उनको साथबाट २ वटा ल्यापटप र ५ वटा आईप्याड तथा ट्याब पनि प्रहरीले बरामद गरेको छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #‘तपस्वी’ रामबहादुर बम्जन

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं