Techie IT
  • १० वैशाख २०८२, बुधबार
KhojPatrika

रेडक्रस सोसाईटीको विधान अधिवेशन फागुन २७ र २८ मा


काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले आगामी फागुनको अन्तिम साता विधान अधिवेशन गर्ने भएको छ । सोसाईटीले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । नेपालको संविधान, अन्तर्राट्रिय आधारभुत मापदण्ड र राष्ट्रिय आवश्यकताका आधारमा विधान संशोधनका लागि आगामी फागुन २७ र २८ गते विधान अधिवेशन गर्ने कार्यसूचि तय गरिएको रेडक्रसका महामन्त्री भूपतिलाल श्रेष्ठले जानकारी दिए । त्यसका लागि सोसाइटीले मस्यौदा तयारी पारी मातहतका प्रदेश, जिल्ला र उपशाखास्तरमा सुझाव संकलनका लागि पठाइसकिएको पनि उनले बताए ।

रेडक्रसले विभिन्न जिल्लामा रहेका आफ्ना सम्पतीहरूको व्यवस्थापन तथा उच्चतम प्रयोग गरी आय वृद्धि गर्दै मानवीय सहायताका क्षेत्रमा उपयोग गर्ने प्रतिवद्धता जनाएको छ । महामन्त्री श्रेष्ठले रेडक्रसको कानून निर्माणको काममा पनि ढिलाई नगर्ने बताए । नेरेसोको कानून निर्माणका लागि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिवको संयोजकत्वमा ७ सदस्यीय कानून मस्यौदा समति गठन भएकोमा सो समितिमा अध्यक्ष प्रा. सुदर्शनप्रसाद नेपाल सदस्य छन् ।

नेपाल रेडक्रस सोसाइटीको मौजुदा विधान र नियमावलीहरू समय सापेक्ष परिमार्जन/अनुकूलन गरी संस्थागत रूपान्तरणमार्फत सेवा प्रवाहमा अझ दु्रतता ल्याउने, नेपालको संविधान, अन्तर्राट्रियका आधारभूत मापदण्ड र राष्ट्रिय आवश्यकताका आधारमा नेरेसोको विधान संशोधनका लागि मस्यौदा तयार भइ नेरेसोका प्रदेश, जिल्ला र उपशाखास्तरमा सुझाव संकलनका लागि पठाइएको छ । सबै निकायबाट सुझाव प्राप्त भएपश्चात प्रदेश स्तरीय सुझाव संकलन कार्यशाला आयोजना गरी २०८० फल्गुण २७ र २८ गते विधान अधिवेशन गर्ने कार्यसूचि तयार भएको छ ।

नेरेसोको आर्थिक अवस्था थप सुदृढ गर्न विभिन्न जिल्लामा रहेका सम्पत्तिहरूको व्यवस्थापन तथा उच्चतम प्रयोग गरी आय बृद्धि गर्दै मानवीय सहायताका क्षेत्रमा उपयोग गर्दै उत्थानशील समुदाय निर्माणमा अग्रसरता बढाउने । नेपाल सरकारका सबै तह, रेडक्रस अभियानका अंगहरू र साझेदारहरूसँगको सम्बन्ध र सहयोग एवं साझेदारीमा अभिवृद्धि गर्ने । नेरेसोको आठौं विकास योजना (२०२१–२०२५) ले निर्दिष्ट रणनीतिक कार्यादेश र राष्ट्रिय सोसाइटी योजना (२०२१–२०२५)ले तय गरेका मुख्य विषयवस्तुहरू कार्यान्वयनमा ल्याउँदै संस्थालाई रूपान्तरणतर्फ डो¥याउन यो कार्यसमिति पूर्ण प्रतिवद्ध छ ।

मुलतः नेरेसोका कार्यहरू थप प्रभावकारी एवम् व्यवस्थित बनाउँदै लक्षित समुदायसम्म सेवा पु¥याउनका लागि सोसाइटीका नीति, नियमावली, कार्यविधि र सञ्चालन नियमावलीहरू समयानुकुल संशोधन तथा परिमार्जन गरी सामुदायिक संलग्नता, जवाफदेहिता र पारदर्शितका सिद्धान्त अवलम्वन गरी सुशासन प्रत्याभुत गराउँदै सेवा प्रवाहमा अझ चुस्तता कायम गर्ने लक्ष्य लिइएको छ । रेडक्रसले मानवीय सहायताको कार्यलाई प्रभावकारी बनाउन नेपाल सरकार सबै तह, रेडक्रस अभियानका अंगहरु र साझेदारहरुसँगको सहयोग र साझेदारी अभिवृद्धि गर्ने कुरामा पनि जोड दिने कार्ययोजना तय गरेको छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #नेपाल रेडक्रस सोसाइटी

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं