धरान उपमहानगरमा मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रविक्रम बेघाबीच चर्काचर्की

काठमाडौं । धरान उप महानगरपालिकको कार्यपालिका बैठकमा मेयर र उपमेयरबीच चर्का चर्की परेको छ । धरानका मेयर हर्क साम्पाङ्गले उपमेयर आइन्द्र विक्रम बेघाका विषयमा बोलिएको भिडियो सामाजिक सञ्जालमा शेयर गरेको विषयमा चर्का चर्की परेको हो । बैठकहरुमा सधैं शान्त रहने धरानका उपमेयर अइन्द्रविक्रम बेघा कार्यपालिका बैठकमा भने जंगिएका थिए ।
कार्यपालिका बैठकमा बेघाले कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएको प्रसंग निकाल्दै फेसबुकमा मेयर साम्पाङले सेयर गरेको उक्त भिडियोबारे कुरा उठाएका थिए । बेघाले आफुले विगत १८ महिनादेखि मेयर राईलाई निरन्तर साथ दिएको तर अहिले मेयर राईले घाँटी अठ्याएको आरोप लगाए ।
उनले आफूले मेयर राईलाई असहयोग गरेको भन्ने आरोपको पुष्टि गर्न आग्रह गरे । ‘तपाईले खेलाँची गरेको हो ? किन शेयर गर्नुभो ?’, उपमेयर बेघाले आक्रोशित हुँदै भने, ‘तपाईंलाई काँधमा आँखा चिम्लेर बोकेर हिँडेको हो, तर जसले बोक्छ उसको टाउकोमा दिसा पिसाब गर्दै नहिँड्नुस् ।’ उनले आफू पनि जनताको म्याण्डेड पाएर आएको बताउँदै उनले सोधे, ‘मलाई उपमेयर तपाईले बनाएको हो रु कानून बाहिरको तपाईंको आदेश मान्दिनँ ।’
उनले स्टाटस हटाउन र असहयोग गरेको पुष्टि गर्न बारम्बार माग गरेका थिए । जवाफमा मेयर साम्पाङ्गले बोलिसकेको कुरा फिर्ता नहुने बताएका थिए । साथै उनले आफूले भिडियो शेयर गर्नुको कारण पनि बताएका थिए । खासमा फोटो हटाएको विषयमा उपमहानगरपालिकाको लेटरप्याड प्रयोग गरेर बेघाले क्षमा मागेका थिए । मेयर राईले बेघाको यस्तो कार्यले असहयोग भएको आरोप लगाए । ‘माफी माग्नुपर्यो भने मैले माग्ने हो, तपाईले त्यसरी माग्ने होइन’, मेयर राईले भने ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #मेयर र उपमेयरबीच चर्का चर्की, #सामाजिक सञ्जाल
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्