एनजीओको सहयोगमा चलेका संसदीय समिति ! जसलाई रोक्न सभामुखको निर्देशन

काठमाडौं । गैरसरकारी संस्था (एनजीओ) को सहयोग आफूखुशी नलिन सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरुलाई निर्देशन दिएका छन् । आइतबार सभामुख घिमिरेले प्रतिनिधिसभाका विषयगत समितिका सभापतिहरुसँग छलफल गरेका थिए । छलफलमा उनले एनजीओहरुले संसदीय समितिमा हस्तक्षेप गरेको विषय आफूले सुनेको कुरा उठाए ।
विभिन्न गैर सरकारी संस्थाहरुले आफूखुसी संसदीय विषयगत समितिसँग साझेदारी गर्ने र संसदभित्र र बाहिर विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरेको बताइएको छ । त्यसैलाई रोक्न सभामुख घिमिरेले एनजीओको खर्चमा विदेश जाने प्रवृत्ति त्याग्न पनि समिति सभापतिहरुलाई आग्रह गरेका छन् । ‘संसदलाई जानकारी हुन्न को सांसद कहाँ छन् ? एनजीओमार्फत सभामुखलाई थाहै नदिइकन विदेश गइरहेका हुन्छन् । त्यो पनि नगर्नुहोस्’, सभामुख घिमिरेले बैठकमा भने ।
छलफलमा कानुन न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, कृषि समितीकी सभापति आरजु राणा देउवा, अर्थ समितिका सभापति सन्तोष चालिसे र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशी उपस्थित थिए । छलफलपछि उनीहरुले गैरसरकारी संस्थाको सहयोगलाई एकद्वार गर्नुपर्ने सभामुखको प्रस्तावमा समर्थन जनाएका थिए ।
छलफलमा सभामुख घिमिरेले विषयगत समितिमा विधेयकमाथिको छलफलको अवस्था के छ भन्ने चासो पनि राखेका छन् । सभापतिहरुले विधेयकहरुको अवस्थाबारे सभामुखलाई जानकारी गराएका थिए । केही विधेयकहरु संसदमा पेश गर्न थोरै मात्रै विषय मिल्न बाँकी रहेको र कतिपयमा छलफल चलिरहेको रिपोर्टिङ उनीहरुले गरेका थिए ।
सभामुख र समितिका सभापतिहरुबीच संसदीय क्यालेन्डरको विषयमा पनि छलफल भएको छ । सभामुख घिमिरेले क्यालेन्डर बनाउने तयारी अगाडि बढेको भन्दै व्यवहारिक बनाउने विषयमा सभापतिहरुसँग राय मागेका छन् । सभामुख घिमिरेका अनुसार १५ दिनको, एक् महिनाको र सिंगो सत्रको क्यालेन्डर बनाउने तीन विकल्पमा संसद सचिवालयले छलफल गरिरहेको छ ।
अधिवेशन कति दिनसम्म चलाउने भन्ने योजना बनाउन सके क्यालेन्डर बनाउन सकिने र व्यवहारिक रुपमा कार्यान्वयन गर्न सकिने सभामुखको भनाई छ । एक सातामा तीन दिन प्रतिनिधि सभाको बैठक चलाउने र तीन दिन संसदीय विषयगत समितिको बैठक चलाउने प्रारम्भिक क्यालेन्डर समेत बनाएका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #आफूखुशी नलिन सभामुख, #देवराज घिमिरे, #सभापतिहरुलाई निर्देशन
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्