Techie IT
  • ९ वैशाख २०८२, मंगलबार
KhojPatrika

गृहमन्त्रीले जीबी राईलाई समात्न नचाहेको रवि लामिछानेको आरोप


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले सहकारी ठगी प्रकरणका आरोपित जीबी राईलाई पक्राउ गर्न नचाहेको आरोप लगाएका छन् ।

कर्णाली प्रदेशका पार्टी कार्यकर्ताहरुले काठमाडौंमा गरेको भेटघाट तथा चियापान कार्यक्रममा सभापति लामिछानेले गृहमन्त्री नारायणकाजी श्रेष्ठले वास्तविक रुपमा सहकारी पीडितहरुलाई न्याय दिन नचाहेको आरोप लगाएका हुन ।

पीडितलाई न्याय दिलाउनको साटो सरकार आफूलाई फसाउन गल्ती र कमजोरी खोज्न लागेको पनि रबिले आरोप लगाए । ‘रवि लामिछानेको केही भेटिन्छ कि खोज्नुहोस् त । यता खोज्नुस् । त्यहाँ खोज्नुस् त केही भेटिन्छ कि भनेर यति समय लाउनुभयो,’ उनले भने, ‘केही भए पो पाउनु ? भए त किन छोड्थे र ?

गृहमन्त्री श्रेष्ठलाई सहकारी पीडितलाई न्याय दिनु भन्दा पनि आफूलाई दोषी देखाएर थुन्नुपरेको रबिको आरोप छ । उपप्रधानमन्त्री भइसकेको टोपबहादुर रायमाझीलाई समाउन सक्दा जीबीलाई किन समाउन नसकेको भनि उनले प्रश्न पनि गरे ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं