Techie IT
  • ९ वैशाख २०८२, मंगलबार
KhojPatrika

यातायात व्यवस्था विभागका महानिर्देशक रिजाललाई कालोमोसो


काठमाडौं । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजाललाई कालोमोसो दलेर दुर्व्यवहार भएको छ ।

क्रान्तिकारी युवा संगठनले लाइसेन्स घोटालामा संलग्न भएको आरोप लगाउँदै उनलाई सोमबार कालोमोसो दलेर दुर्व्यवहार गरेको हो । संगठनको एक समूहले उनलाई मिनभवनमा पुगेर कालोमोसो दलेको बताइएको छ ।

कार्यकक्षमै मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकटको समूह पुगेर कालोमोसो दलेको बताइएको छ । उनीहरुले कालोमोसो दलेर नाराबाजी गर्दै कार्यालयबाट बाहिरिएको भिडियो सार्वजनिक भएको छ ।

पछिल्लो समय लाइसेन्स वितरणमा ठुलो घोटाला भएको विषय बाहिरिएको छ । यो प्रकरणमा अख्तियारले समेत छानबिन गरिरहेको छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #उद्धव प्रसाद रिजाल, #कालोमोसो दलेर, #यातायात व्यवस्था

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं