Techie IT
  • ५ वैशाख २०८२, शुक्रबार
KhojPatrika

आफ्नो नाम मुछिएपछि रविले सहकारीबारे बुझाए प्रचण्डलाई प्रतिवेदन


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नाम विभिन्न सहकारीमा मुछिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सहकारीबारे प्रतिबेदन बुझाइएको छ । रास्वपाले दीर्घकालिन, मध्ययम र तत्कालिन सहकारी र लघुवित्तका समस्या समाधान गर्न सकिने उपायसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अध्ययन प्रतिवेदन बुझाएको छ ।

मंगलवार सहकारी तथा लघुवित्त क्षेत्रमा देखिएको समस्याबारे अध्ययन गर्न रास्वपाले उपाध्यक्ष डा. स्वर्णिम वाग्लेको नेतृत्वमा बनाएको समितिले प्रधानमन्त्री प्रचण्डलाई अध्ययन प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझाएपश्चात सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीका समस्या समाधानको लागि दीर्घकालिन, मध्ययम र तत्कालिन उपाय सहितको प्रतिवेदन बुझाएको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा.स्वर्णिम वाग्लेले प्रधानन्त्रीलाई बुझाएको प्रतिवेदनमा सहकारी र लघुवित्तमा आएका समस्यालाई जडको विषयलाई केलाएको दाबी गरे । प्रतिवेदनमा सरकारलाई ८ वटा सहकारी समस्या समाधान गर्न बनेका कार्यदलले दिएका सुझाव कार्यान्वयन गर्न स्मरण गराएको छ ।

प्रतिवेदनमा एक वर्षका लागि वचत तथा ऋण कारोबार गर्ने सहकारी दर्ता, कार्यक्षेत्र बिस्तार अनुमति तथा सेवा केन्द्र स्वीकृतिका काम बन्द गर्न सुझाव दिइएको छ । त्यस्तै ५० करोडभन्दा बढी कारोबार गर्ने सहकारीको नियमन राष्ट्र बैंक अन्तर्गत ल्याउनुपर्ने र वचतकर्ताको निक्षेप सुरक्षण गर्न सहकारी बचत तथा कर्जा सुरक्षण कोष तत्काल स्थापना गर्न पनि सुझाव दिएको छ ।


क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #पुष्पकमल दाहाल प्रचण्ड, #प्रधानमन्त्री पुष्पकमल, #रास्वपा

तपाईको कमेन्ट लेख्नुहोस्