Techie IT
  • ९ वैशाख २०८२, मंगलबार
KhojPatrika

प्रचण्डमाथि ओलीको आक्रोशः हुतिहारा सरकार


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र कांग्रेसप्रति कडा टिप्पणी गरेका छन् । पछिल्लो समय दैनिक सरकार कांग्रेसमाथि आक्रामक अभिब्यक्ती दिदै आएका एमाले अध्यक्ष ओलीले मंगलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा झण्डै आधा घण्टा सरकार र कांग्रेसको आलोचना गर्नमै विताए । बालकुमारी घटनाबारे टिप्पणी गर्दै अध्यक्ष ओलीले दोषी ठहर भएका भौतिक योजना मन्त्री प्रकाश ज्वालालाई नैतिकता नभएको भन्दै प्रधानमन्त्रीलाई हुतिहाराको सज्ञा दिए ।

अध्यक्ष ओलीले वर्तमान सत्ता गठबन्धनको एकमात्र एजेण्डा एमालेको विरोध र बदनाम गर्नेमात्र रहेको आरोप लगाए । गत निर्वाचनपछि गठबन्धनको चरित्र बदल्न एमालेले पहल गरेपनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड इमानमा अड्न नसक्दा एमालेसँगको गठबन्धन भत्कन पुगेको बताए ।

अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रियसभाको निर्वाचनलाई लिएर एमालेलाई बद्नाम गर्न खोजेको टिप्पणी गरे । सीट भागबन्डाको क्रममा शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने सहमतिमा एमालेले ६ सीट मागेको चर्चा भएको थियो । तर, ओलीले त्यस कुराको खण्डन गरे ।

ओलीले एमाले शान्ति प्रक्रिया अन्त्रगतको संक्रमणकालीन न्याय अविलम्ब टुंग्याउन चाहिरहेको बताए । उनले पीडकलाई सजाय घटाउने भनेर मात्रै नहुने भन्दै कति भनेर प्रस्ट हुनुपर्ने पनि बताए । अध्यक्ष ओलीले वर्तमान सरकारले संक्रमणकालीन न्याय टुंग्याउने नाममा पीडितलाई थप पीडा दिने सम्भावना रहेको जिकिर गरे ।

ललितपुरस्थित पार्टी कार्यालय च्यासलमा सुरु भएको बैठक तीन दिनसम्म चल्नेछ । केन्द्रीय समिति बैठकमा छलफल गर्न ६ वटा एजेन्डा तय गरिएको छ । अध्यक्ष ओलीले सम्बोधनपछि महासचिव शंकर पोखरेलले सांगठनिक कामको समीक्षा र संगठन शुद्धीकरण तथा सुदृढीकरण कार्यक्रमको अवधारणा पेश गर्नेछन् ।

जसमा जनआधारित कार्यकर्ता पार्टी निर्माणमा देखिएको समस्या र समाधानका उपाय र जनपरिचालन र जनदबाबका एजेन्डाका बारेमा समेत छलफल गर्ने एमालेको तयारी छ । जनदबाव तथा जनपरिचालन र पार्टीभित्रको शुद्धीकरण र सुदृढिकरणसम्बन्धी एजेन्डामा केन्द्रीय सदस्यहरूको मतका आधारमा आगामी कार्यक्रम तय गर्ने एमालेको तयारी छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #कांग्रेसप्रति कडा टिप्पणी, #प्रचण्डमाथि ओलीको आक्रोश, #हुतिहारा सरकार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं