Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

भ्रष्टाचार, किर्ते र ठगी गर्नेलाई नछाड्ने गृहमन्त्रीको चेतावनी


काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले थालेको सुशासनको अभियान नरोकिने दाबी गरेका छन् । सप्तरीमा आयोजिक एक कार्यक्रममा उनले ललिता निवास, भुटानी शरणार्थीदेखि बासबारी जग्गा हिनामिनाको ठूला फाइल खोलेको बताएका हुन् ।

उनले सरकारले भ्रष्टाचार र जालसाझी, किर्ते र ठगी गरेर राज्य लुट्ने प्रक्रियालाई बन्द गराएर दोषी र अपराधीलाई कानूनको कठघरामा ल्याइने दाबी गरे । नेपालमा ठूल्ठूला पहुँच भएका धनाड्यहरु र ठूला कर्मचारीहरु मिलेर लुटे भन्ने स्थितिको अन्त्य गरिने गृहमन्त्री श्रेष्ठको भनाई छ ।

गृहमन्त्री श्रेष्ठले सरकारी जग्गा कब्जा गर्नेहरुलाई कारवाही गर्ने छुट प्रक्रिया नरोकिने बताए । उनले ललिता निवासजस्तै गैरकानूनी रुपमा कब्जा गरेका जग्गा फिर्ता ल्याउन सबै जिल्लाका सर्कुलर गरेको बताए । सहकारी र लघुवित्तको समस्या समाधान गर्नको लागि सरकारले पहल गरिरहेको सुनाएका थिए ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #नारायणकाजी श्रेष्ठ, #सुशासनको अभियान

तपाईको कमेन्ट लेख्नुहोस्