Techie IT
  • ९ वैशाख २०८२, मंगलबार
KhojPatrika

विद्यार्थी संगठनको कालोमोसो आतंक, कर्मचारीमाथि दैनिक दुब्र्यवहार


काठमाडौं । राजनीतिक दलका नेताहरु सुध्रिएनन् । जनताले चाहेको जस्तो काम हुन सकेन । बुढा नेताहरुले अहिले पनि सत्ताको कुर्सी छोड्न मानेनन् भन्ने सवाल उठिरहेकै छ । युवा नेतृत्वमा आएभने केही परिवर्तन हुन्छ किन भन्ने आसा म जनतामा छ । तर, दलीय संगठनका युवाहरु भने न नेतृत्वको बिरोध गर्न सक्छन् न त सुधारका काम गर्न सके भन्ने आलोचना भइरहेको छ । अझ विद्यार्थी संगठन विद्यार्थीकै हक हित र उनीहरुको आवाज बोलिदिनुपर्ने हो । तर, उनीहरुले विद्यार्थी भन्दा बढी राजनीति गर्छन् भन्ने आरोप लाग्ने गरेको छ ।

पछिल्लो समय मोहन बैद्य नेतृत्वको अखिल क्रान्तिकारीले जनकारवाही भन्दै सरकारी कार्यालयमा प्रमुख र कर्मचारीमाथि कालोमोसो दल्ने र दुब्र्यवहार गर्ने क्रम बढ्दो छ । विद्यार्थीका तमाम मुद्धा छन् । सरकारसँग आवाज उठाउने र विद्यार्थीका माग सम्बोधनका लागि थुप्रै समस्या उठाउन पनि सकिन्छ । तर, विद्यार्थी संगठनको काम के सरकारी कार्यालयमा पुगेर कर्मचारी धम्याउने अनि कालोमोसो दल्ने हो त ? पछिल्लो समय सरकारी कर्मचारीमाथि कालोमोसो दल्ने र दुब्र्यवहार गर्ने घटना बढिरहेका छन् ।

भ्रष्टाचार, अनियमितता गरेको भन्दै राजनीतिक दलका भातृसंगठनले नै कर्मचारीमाथि कालोमोसो दल्ने र आक्रमणसम्मका घटना दोहोरिएपछि कर्मचारी त्रसित बनेका छन् । गल्ती गर्नेलाई कानुनी दायरामा ल्याउन सरकारी संयन्त्र छन् । तर, दलीय भातृसंगठनले नै किन यसरी सेतो अनुहारमा कालोमोसो पोतिदिदै छन् भन्ने प्रश्न उब्जिएको छ । एकपछि अर्को गर्दै मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीले ठाउँ–ठाउँमा कालोमोसो दल्ने काम गरिरहेका छन् ।

कालोमोसो लिएर सरकारी कार्यालय जाने र कार्यालय प्रमुखदेखि कर्मचारीसम्म नाराबाजी गर्दै दुब्र्यवहार गर्ने क्रम बढ्दो छ । कार्यालय मात्रै होइन सडक र गाउँ घरमा समेत कर्मचारी भेटिनु हुदैन । अखिल क्रान्तिकारी भन्दै उनीहरुले कतै जुत्ताको माला त कतै कालोमोसो दलेर जनकारवाहीको नारा दिइरहेका छन् दलका कार्यकर्ताले विभिन्न पेशा, व्यवसायमा रहेका व्यक्तिमाथि कोलोमोसो दल्ने अभियान नै चलाएका हुन् । शुक्रबार दुग्ध विकास संस्थाका महाप्रबन्धक सञ्जीव झालाई कोलोमोसो दलियो । माघ २९ गते उनीहरूले यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजाललाई कालोमोसो दले ।

डीडीसीका महाप्रबन्धक झा र यातायात व्यवस्था विभागका महानिर्देशक रिजाललाई कार्यकक्षमै पुगेर क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यकर्ताले कालोमोसो दलेका हुन् । सीटीईभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीको कार्य कक्षभित्रै टेबुलमा प्रहार गर्दै भ्रष्टचारविरुद्धको दस्ता नाम दिएर कालोमोसो दलेर दुव्र्यवहार भयो । जहाँ कालोमोसो दल्ने र अधिकारीबीच हात हालाहाल नै भयो । यसअघि बागलुङको बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विरेन्द्र केसीमाथि कालोमोसो दलिएको थियो ।

केसीलाई कार्यालयतर्फ गइरहेको समयमा बाटोमा र सुर्खेतको गुर्भाकोट नगरपालिका–८ मा रहेको डिप्रेक्स लघुवित्त संस्थाका कार्यालय प्रमुख दिपेन्द्र कटेलमाथि कार्यकक्षमा कालोमोसो दलिएको थियो । कानुनतः कसलाई पनि अभद्र व्यवहार गर्न पाइँदैन । संविधानमै सम्मानपूर्वक बाँच्न पाउने हकको व्यवस्था गरिएको छ भने जति ठुलो अपराध गर्ने व्यक्तिलाई पनि मृत्युदण्डको सजाय दिन नपाइने व्यवस्था छ ।

कुनै अपराध गरेमा अपराधअनुसार सजाय तोकिएको छ । तर क्रान्तिकारी कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठनले कानुनको हुर्मत लिँदै कालोमोसो दल्ने अभियान चलाएको छ । क्रान्तिकारी मात्रै होइन नेविसंघ, युवा संघ, अनेरास्ववियू लगायतले कालोमोसो दल्दै बेला–बेलामा कानुन हातमा लिइरहेका छन् त्यो गलत हो ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #कालोमोसो आतंक

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं