Techie IT
  • ९ वैशाख २०८२, मंगलबार
KhojPatrika

कांग्रेस भातृसंगठन नेविसंघमा भाडभैलो, नेताहरुको गुटबन्दीमा पर्दा केन्द्रीय समिति बैठक नै प्रभावित


काठमाडौं । पार्टीमा नेताहरुको गुटजस्तै उनीहरुकै खेमामा विभाजित भएका युवा तथा बिद्यार्थी नेता पनि गुट उपगुटमै रमाइरहेका छन् । लामो समय अधिबेशन हुन नसकेको नेविसंघमा टिके प्रथा सुरु भयो । २०७८ चैत ९ गते सभापति शेरबहादुर देउवाले नेविसंघको अध्यक्षमा दुजाङ शेर्पालाई नियुक्त गरे । अध्यक्ष नियुक्ती गरेको साढे २ बर्षपछि २०८० साउन २२ गते नेविसंघमा टिका लगाएर कार्यसमिति पनि बन्यो । देशभरबाट जो गुटमा आवद्ध छ ।

नेताको चाप्लुसी गरिरहेको छ उनीहरु नै केन्द्रीय सदस्यमा मनोनित भए । जसका कारण मनोनयन नै हुँदा देखिएको विवाद सात महिनापछि बस्न लागेको केन्द्रीय समितिको बैठकमा चर्कियो । गुटगत भागबन्डा नमिल्दा नेविसंघमा देखिएको किचलोले फागुन १५ गते बोलाइएको केन्द्रीय समिति बैठक अझै बस्न सकेको छैन् । सभापति शेरबहादुर देउवा र डा.शेखर कोइराला–गगन थापा खेमामा पटक–पटक बैठक बसाल्न छलफल चल्यो । तर, सहमति जुट्न सकेको छैन् । निरन्तर बिद्यार्थी नेताहरु आ–आफ्ना गुटका नेताहरुलाई भेट्न दौडधुप गरिरहेका छन् । तर, नेविसंघको तिक्तता मिलाउन निक्कै हम्मे–हम्मे परेको छ ।

बुधबार शेखर–गगन समूहले भने पाँचबुँदे निर्णय गर्दै केन्द्रीय तदर्थ कार्यसमितिका समानान्तर बैठक ग¥यो । निर्णयमा अध्यक्ष शेर्पाको राजीनामा माग गर्ने निर्णय समेत इस्थापन इतर समूहले गरेको थियो । १२ औँ महाधिवेशनको तयारीका लागि सदस्यता वितरण, सुझाव संकलन र संगठन विस्तारका लागि केन्द्रीय प्रतिनिधि खटाउनेलगायतका निर्णय गर्दै बैठक सकियो । मंगलबार इतरले बहिष्कार गरेपछि संस्थापन समूहले प्रज्ञा प्रतिष्ठानमा उद्घाटन समारोह गरेको थियो । मंगलबार शेखर समूहको बैठक महाराजगन्जमा र गगन समूहको बैठक हात्तीसारस्थित नेपाल हाउसमा बसेको थियो ।

बुधबारसमेत शेखर र गगन समूह बैठक छाडेर छुट्टाछुट्टै छलफलमा जुटेका थिए । संस्थापन पक्ष भने इतर बैठकमा सहभागी हुने प्रतीक्षामा थियो । ६०–४० को भागबन्डामा सहमति भएपनि संस्थापन इतरभित्रकै विवादका कारण बैठक बस्न नसकेको दाबी गरिएको छ । विद्यार्थी संगठन दलको शाखाजस्तो भएको छ । नेविसंघमा टीके प्रथा हाबी हुँदै जाँदा भद्रगोल भएको नेताहरू बताउँछन् । २०२७ वैशाख ६ गते कांग्रेसका तत्कालीन कार्याबाहक सभापति कृष्णप्रसाद भट्टराईले नेविसंघको पहिलो महाधिवेशनको काठमाडौंको स्वयम्भूमा विधिवत् उद्घाटन गरेका थिए ।

व्यवस्था परिवर्तनका लागि भएका सबै आन्दोलनको अग्रपंक्तिमा देखिएको नेविसंघ अहिले आफैं कमजोर अवस्थामा छ । संयोग नै भन्नुपर्छ संगठन यो अवस्थामा पुग्दा माउपार्टी कांग्रेसका सभापति नै नेविसंघको नेतृत्व गर्दै पार्टी राजनीति सुरु गरेका व्यक्ति छन् । नेविसंघका दोस्रो अध्यक्ष शेरबहादुर देउवा कांग्रेसको तेह्रौं र चौधौं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए । उनीमात्रै होइन, अहिले कांग्रेसको केन्द्रीय समितिमा नेविसंघका धेरै नेता अटाएका छन् । तर, गर्विलो इतिहास भएको नेविसंघलाई चुस्तदुरुस्त बनाउन र पार्टीको नर्सरीलाई उर्वर बनाउन नेताहरुले ध्यान दिएका छैनन् ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #दुजाङ शेर्पा, #नेता पनि गुट, #नेविसंघमा टिके प्रथा

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं