Techie IT
  • ९ वैशाख २०८२, मंगलबार
KhojPatrika

परराष्ट्रमन्त्री श्रेष्ठले रुसी विदेशमन्त्रीसँग टेलिफोन वार्ता गर्ने


काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी विदेशमन्त्री सर्गेइ लावरोभसँग टेलिफोन वार्ता गर्ने भएका छन् । रुसी सेनामा भर्ती भएका नेपाली नागरिकका विषयमा छलफल गर्न उपप्रधानमन्त्री श्रेष्ठले समकक्षी सर्गेइसँग टेलिफोन वार्ता गर्न लागेका हुन् ।

टेलिफोन वार्तामा रुसी सेनामा भर्ती भएकाहरूको स्वदेश फिर्ती, रुसी सेनामा भर्ती भएर युक्रेनसँगको युद्धमा अंगभंग भएका र ज्यान गुमाएका परिवारलाई क्षतिपूर्तिको व्यवस्था र मृतकको शव फिर्ताका विषयमा कुरा हुने परराष्ट्रमन्त्री श्रेष्ठले जानकारी दिएका हुन् । नेपाल सरकार परराष्ट्र मन्त्रालय र मस्कोस्थित नेपाली दूतावासको लामो प्रयासपछि रुसी विदेशमन्त्री सर्गेइले नेपाली समकक्षीसँग टेलिफोन वार्ता गर्ने तय भएको हो ।

नेपालले आफ्ना नागरिकलाई सेनामा भर्ती नलिन, भर्ती भएकालाई फिर्ता पठाउन, मृत्यु भएकाको शव नेपाल पठाइदिन र अंगभंग भएकाको विवरणका साथै क्षतिपूर्ति समेत उपलब्ध गराउन अनुरोध गर्दै आएको छ । तर, अहिलेसम्म रुससँग नेपालले प्रत्यक्ष संवाद गर्न सकिरहेको छैन ।

यसअघि निवर्तमान परराष्ट्रमन्त्री एनपी साउदले युगाण्डा भ्रमणका क्रममा रुसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनसँग यस विषयमा अनुरोध गरेका थिए भने नेपालस्थित रुसी राजदूतलाई पनि बोलाएर आग्रह गरेका थिए । तर, त्यसको सुनुवाइ भइरहेको छैन । रुसले आफ्नो सुरक्षा फौजमा भर्ती गरिएका नेपालीको विवरण समेत अहिलेम्म नेपाललाई दिएको छैन ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, #लावरोभसँग टेलिफोन

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं